Aamsanchar

बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ

Author Image
सोमवार, चैत १४, २०७८

धनगढी – कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ परेका छन् ।

चुुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११/११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना वृद्धलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।चुरे गाउँपालिकाकीे बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।शनिबार जंगलमा गोठालो गएका बेला शाहले बालिकालाई करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको डीएसपी जोशीले जानकारी दिए ।शाहलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको जोशीको भनाइ छ ।यस्तै, घोडाघोडी नगरपालिकामा पनि ११ वर्षकै बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सुुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मणबहादुुर शाहीले बालिका बलात्कार गरेको आरोपमा कल्लुु दमाइलाई पक्राउ गरिएको जानकारी दिए ।उनका अनुसार घटना ४/५ दिन अगाडिको भए पनि ढिलो गरेर आइतबारमात्र इलाका प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि दमाइलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर