Aamsanchar

जिल्ला ट्राफिक झापाको नयाँ भवन उद्घाटन, प्रहरी उपरिक्षक मैनाली सहित दाता परिवारलाई सम्मान

Author Image
सोमवार, चैत १४, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा १ करोड ८८ लाख ८५ हजार ५७५ रुपैंयाको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेशकै उत्कृष्ट काम गर्न कर्मचारीलाई दिएका छन् । सडक सुरक्षाका लागि अहोरात्र खटिने ट्रफिक प्रहरीको मनोवल उच्च राख्न प्रदेश सरकारले विषेश कार्यक्रम संचालन गर्ने बताउदै सडक सुसानको लागि मेचीेदेखि कोशी सम्मको राजमार्गमा सीसी क्यामरा जोड्ने मन्त्री कार्कीले बताए । उनले भने धरानेदेखि जोगमुनी नाकासम्म सीसी क्यामरा जोड्दै प्रविधि मैत्री सडक बनाउने अभियान सुरु गरेको र जसका लागि टेन्डर प्रक्रिया अगाडिबढाईएको छ ।

कम्पाण्ड वाल घेराबार समितिका संयोजक सुवास भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा तत्कालिन जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक दिनेशराज मैनाली सहित भवन निर्माणमा सहयोग पुर्याउने दाता परिवारलाई सम्मान गरिएको थियो ।

मुक्तिचोकमा हाल रहेको ट्राफिक प्रहरी कार्यालय र नजिकै रहेको दुर्गा मन्दिरको लागि १ कठ्ठा साढे ४ धुर जग्गा उपलब्ध गराउने शेरवहादुर पोख्रेललाई मरोनोपरान्त सम्मान गरिएको थियो । पोखरेललाई प्रदान गरिएको सम्मान उनका नातीद्वय मिजाश र डा दिपेश पोखरेले संयुक्त रुपमा ग्रहण गरेका थिए । त्यस्तै मन्दिर निर्माणमा सहयोग पु¥याउने जयनारायण र उनकी धर्मपत्नी अञ्जना ढुङ्गानालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआइजी अरुण कुमार विसी, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक वाशुदेव खतिवडा लगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर