Aamsanchar

त्रिकोणात्मक टि-२० क्रिकेट श्रृंखलामा नेपालकाे विजयी सुरुवात, पिएनजी १५ रनले पराजित

Author Image
सोमवार, चैत १४, २०७८

काठमाडौं – त्रिकोणात्मक टि-२० क्रिकेट श्रृंखलामा नेपालले विजयी सुरुवात गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध  १५ रनको जित निकालेको हो।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पिएनजी ४ बल बाँकी छँदै १ सय ६८ रनमा अलआउट भयो। उसका नोर्मान भानुवाले सर्वाधिक ५२ रनको योगदान गरे।

सेसे बाउले ३०, चार्ल्स अमिनीले २२, लेगा साएकाले २१ रनको योगदान गरेका थिए। नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३/३, अविनाश बोहराले २, र सोमपाल कामीले एक विकेट खसाले।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले घरेलु मैदानमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो। उसका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाएका थिए।

रोहित पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४, कुशल मल्लले ११ रनको योगदान गर्दा सोमपाल कामी एक रनमा आउट भएका थिए। श्रृंखलामा नेपाल, पिएनजी र मलेसियाको सहभागिता रहेको छ ।

अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। श्रृंखलाअन्तर्गत नेपालले पिएनजी र मलेसियाविरुद्ध दुई/दुई खेल खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१