बिर्तामोड । झापाको बिर्तामोडमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी कार्यालय सञ्चालनमा आएको छ । काठमाण्डौंको लाजिम्पाटमा प्रधान कार्यालय रहेको उक्त कम्पनीले सोमवारदेखि बिर्तामोडमा एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको हो ।
एजेन्सी कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका एजेन्सी विभाग प्रमुख सुशिलप्रताप राणाले गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै राणाले कम्पनीको देशभर एकसय वढी एजेन्सी कार्यालय र ६० हजारवढी अभिकर्ता रहेको, बिर्तामोडमा रहेका दर्जनौं इन्स्योरेन्स कम्पनी मध्ये नेशनल लाईफको एजेन्सी पहिलो रहेको दावी गरे ।
बिर्तामोड एजेन्सी कार्यालयका अध्यक्ष अनन्तराम ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बिर्तामोड एजेन्सी कार्यालय प्रमुख दीपा ओलीले गरेकी थिइन् । स्वागत गर्दै कार्यालय प्रमुख ओलीले बिर्तामोड कार्यालय मातहतमा दुईसयवढी अभिकर्ता रहेको बताइन् । कार्यक्रमको सञ्चालन बिर्तामोड बिजनेस मेनेजर खगेन्द्र सिग्देलले गरेका थिए ।
एजेन्सी कार्यालय २५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको बिर्तामोड कार्यालयका मार्केटिङ मेनेजर सूर्यप्रसाद सापकोटाले जानकारी दिए ।