Aamsanchar

गठबन्धन सरकारले सुकुम्बासीमाथि बञ्चरो चलायाे : ओली

Author Image
मङ्गलवार, चैत १५, २०७८

काठमाडौं -नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासीमाथि गठबन्धनले बञ्चरो चलाएको बताएका छन्। पूर्वप्रधानमन्त्री ओलीले तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्दै उनले लालपूर्जा बाड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलाएको बताएका हुन्।

‘हामीले काम गर्ने हो, काम गरेर देखाउने हो, काम गरेर श्रेष्ठता गर्नुपर्ने हो। हामी ढाँटेर हिड्दैनौं । हामीले सुकुम्बासी समसया भूमी समस्या समाधान गर्न आयोग बनायौं तर भूमीहीनलाई धनी पूर्जा बाड्ने समय भएपछि गठबन्धन सरकारले बञ्चरो चलायो।’ ओलीले थपे, ‘अब अहिले अघिल्लो सरकार सरकारले फाइल लुकाइदिएको छ। हामी फाइल खोज्दैछु। भेट्टाएपछि हामी बाड्छौं भनेर गर्न सक्छन् है। हाम्रो तरिका त्यो होइन।’

भ्यु टावर लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको छ ।  उनले पर्यटकलाई भित्र्याउन लाग्नुपर्ने धारणा राखे।

Views: 411

प्रतिक्रिया (०)

सम्बन्धित खबर