Aamsanchar

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा नेपालकाे लगातार दोस्रो जित,मलेसिया ६ विकेटले पराजित

Author Image
बुधवार, चैत १६, २०७८

काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १३ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालका आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे।

दीपेन्द्रसिंह ऐरी २१, रोहित पौडेल १२ र कुशल भुर्तेल एक रनमा आउट हुँदा दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको हो। उसका लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२, कप्तान अहमद फैजले सर्वाधिक २४, मुहम्मद अमिरले १६ र सायद अजिजले १४ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

नेपालका करण केसी र सन्दीप लामिछानेले समान २/२, अविनशा बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए। पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको थियो।

नेपालले मलेसियाविरुद्ध अर्को खेल आगामी शनिबार खेल्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 389

प्रतिक्रिया (०)

सम्बन्धित खबर