Aamsanchar

शिला‘बोजु’को जन्मोत्सव पत्रकार महासंघ झापाका लागि सम्झन योग्य

Author Image
बुधवार, चैत १६, २०७८

बिर्तामोड । सञ्चारकर्मी शीला उप्रेती ‘बोजु’ले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई २५हजार रुपैयाँ प्रदान गरेकी छिन् ।
बुधबार आफ्नो जन्मोत्सवको अवसर तथा पत्रकार महासंघको ६७ औं स्थापना दिवसको समेत सन्दर्भ पारेर उनले उक्त रकम प्रदान गरेकी हुन् ।

बेजुले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त नगद प्रदान गरेकी हुन् । हाल कलमनेपाल डटकममा आवद्ध बिर्तामोड निवासी सञ्चारकर्मी बोजु कलाकार तथा टेलिभिजन र रेडियो कार्यक्रम प्रस्तोता हुन् । उनले यसअघि लामो समय सूर्योदय टेलिभिजनमा ‘बोजुको बलेसी’ , रेडियो बिराटमा ‘बोजुसंगको कुराकानी’ नामक कार्यक्रम प्रस्तुत गरेकी थिइन् । विवेचना दैनिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेकी बोजुले कञ्चनजंघा एफएममा प्रस्तुत हुने नाटकमा कलाकारको समेत भूमिका निर्वाह गरेकी थिइन् ।

भएको सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाई, अग्रज पत्रकार लक्ष्मण ढकाल, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, कलमनेपाल डटकमका सम्पादक मीनप्रकाश उप्रेती लगायतको सहभागिता थियो ।

बेजुले जन्मोत्सवमा परोपकारी काम गरौं भन्ने भावनाले पत्रकारको दिगो हितमा योगदान गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गरेको बताइन् ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।शिला ‘बोजु’ले यो पटक गरेको सहयोग आउदा जन्मोत्समा पनि पत्रकार महासंघ झापाले  सम्झने काम भएको महासंघ अध्यक्ष एकराज गिरीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 440

प्रतिक्रिया (०)