Aamsanchar

विर्तामोडमा व्यवसायीद्वारा चक्का जाम, हजारौं यात्रीलाई सकस, प्रहरी मुकदर्शक

Author Image
बिहिवार, चैत १७, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा व्यसायीहरुले पूर्वपस्चिम महेन्द्र राजमार्ग बन्द गरेका छन् । व्यवसायीहरुको बन्दका कारण सयौं सवारी साधानहरु रोकिएका छन् भने हजारौं यात्रीले सास्ती भोग्नु परेको छ ।

बिर्तामोड स्थित साह कपडा पसलमा आज राजस्व शाखा इटहरीबाट आएका कर्मचारीले साह कपडा पसल सिल गरेको विषयलाई लिएर बिर्तामोड उद्योग बाणिज्य संघको समर्थनमा व्यवसायीहरु ओन्दोलिन बन्दा मुख्य राजमार्गमा सवारी आवमगन अवरुद्ध बनेको हो ।

राजस्व कार्यालयबाट आएका एक कर्मचारीले गुण्डा शैलीमा हप्काउदै पसल संचालक नभएको मौका छोपी पसलमा रहेका बच्चाहरुलाई जर्वरजस्ती सही गर्न लगाएर  पसल सिल गरेर भागेको व्यवसयीहरुले आरोप लागाएका छन् ।

राजस्व कर्मचारीको थिए भन्ने बारे व्यवसायीहरु पनि जानकार छैनन् । जसरी कपडा पसल शिल गरियो त्यो कानूनी प्रक्रिया नभएको र कानूनी दायरा भन्दा बाहिर गएर आफूखुसी व्यसायीलाई आतंकित बनाउने ति कर्मचारीलाई अनुसनधानको लागि नियन्त्रणमा लिन प्रसाशनलाई दवाव दिने उदेश्यले सडक बन्द गराईएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनालीले आमसंचारलाई बताए । महासचिव मैनालीले थप्दै भने ‘ति कर्मचारी हुन वा होईनन जान्न हामिले पाउनु पर्छ, हुन भने कानुन भन्दा बाहिर गएर गरिएको यो कार्यको भत्सना गर्दछु । चारैतिरबाट सीसी क्यामराले कैद गरेको छ । प्रहरीले छिटो नियन्त्रमा लियोस हामी बाटो खुल्ला गरिहाल्छौं ।’

व्यवसायीले एक घण्टा देखि सडक अबरुद्ध पारेका छन् । हाल व्यवसायी र यात्रुविच तनाव सृजना भईरहेको छ । उक्त स्थानमा प्रहरीको उपस्थितिपनि बाक्लिदै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर