Aamsanchar

मामाले चलाएकाे पिकअपकाे ठक्करबाट भान्जिकाे मृत्यु

Author Image
बिहिवार, चैत १७, २०७८

  विराटनगर  – पिकअप गाडीले ठक्कर दिँदा मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा बिहीबार एक बालिकाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार प्रदेश ३–०१–०२२ च ७२५६ नम्बरको पिकअपले ठक्कर दिँदा सुनसरीको कोसी गाउँपालिका घर भएका विजय मण्डलकी ३ वर्षीया छोरी निहा मण्डलको मृत्यु भएको हो ।

अभिभावकसँग सलकपुरस्थित मामा घरमा आएकी बालिकाको दुर्घटनामा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मामा घरनजिक खेल्दै गरेकी बालिकालाई ‘ब्याक’ गर्ने क्रममा पिकअपले ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार दुर्घटनालगत्तै पिकअप चालक सुन्दरहरैँचा–८ का २१ वर्षीय विक्रम मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ ।

चालक विक्रम र मृत्यु भएकी बालिका मामा–भान्जी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर