Aamsanchar

मेचीनगरमा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम शुरु

Author Image
बिहिवार, चैत १७, २०७८

मेचीनगर । देवानी प्रकृतिका विवादहरुलाई सहजीकरण गरी संवादको माध्यमबाट जीत जीतको अवस्थामा पुर्याउने गरी विवाद समाधान गर्ने सीपको विकास गर्न झापाको मेचीनगरमा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम विहीबारबाट शुरु भएको छ ।

मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले तालिमको आयोजना गरेको हो । तालिम उद्घाटन सत्रका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले व्यानर पढेर औपचारिकरुपमा तालिमको उद्घाटन गर्नुभएको थियो । संविधानले नै व्यवस्था गरेको हरेक पालिकामा न्यायिक समितिको गठनले अहिले स साना झै झगडा र लामो समयदेखि समाधान हुन नसकेका विवादहरु स्थानीय स्तरबाटै अहिले मिलमिलापका माध्यमबाट समाधान भएको भन्दैं नगरप्रमुख आचार्यले यस हरेक समाजमा सकरात्मक सन्देश गएको बताउनुभयो ।

उहाँले स्थानीय पालिकामा हल हुन नसकेका जटिल प्रकृतिका मुद्घाहरु निरुपणका लागि अदालतसँग समेत समन्वय गरिरहेको विचार राख्नुभयो । नगरपालिकामा न्यायिक समिति र प्रत्येक वडा वडामा मेलमिलाप समिति भएकै कारण पनि समस्या समाधानमा सहयोग पुगेको नगरप्रमुख आचार्यको भनाई थियो ।

तालिममा सीकेको कुरालाई व्यवहारमा उतारेर गाउँ समाजमा हुने झै झगडा र द्वन्द न्यूनिकरण गर्न सवैको साथ सहयोग रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीले उद्घाटन सत्रको सभापतित्व गर्दैं ५ वर्षको अवधिमा न्यायिक समितिले गरेका काम त्यसबाट प्राप्त अनुभवका बारेमा विचार राख्नुभएको थियो । प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका श्रोत व्यक्ति संगीता थापाका अनुसार जिल्ला अदालत झापाका प्रमुख न्यायाधिस गिरीराज गौतम, प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका सहजकर्ता छत्र पौडेल, प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका जिल्ला संयोजक चेतराज विष्ट तथा प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका सहजकर्ता मानबहादुर कार्कीले विभिन्न विषयमा तालिम प्रदान गर्नुहुने छ । तालिममा विवाद द्वन्दको अवधारणा र विस्तार, विवाद समाधानका उपाहरु आधारभूत बैकल्पिक, विवाद समाधानमा मेलमिलाप पद्घतिको प्रयोग, अन्तर्राष्ट्रिय सन्दर्भमा मेलमिलाप पद्घतिको प्रयोग, मेलमिलाप सम्बन्धी नेपालमा प्चलित कानुनी व्यवस्थालगायतका विषयमा उहाँले तालिम दिनुहुने छ । तालिममा मेचीनगरका ३३ जना मेलमिलापकर्ता सहभागी रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 462

प्रतिक्रिया (०)