Aamsanchar

आज विश्व मूर्ख दिवस (अप्रिल फूल) यस कारण मनाउन सुरु भएको थियो !

Author Image
शुक्रवार, चैत १८, २०७८

पूर्व मेची वाट पश्चिम महाकाली चल्ने द्रुत रेलमार्ग वाट भर्खरै इलामबाट रेल चढेर म काठमाडौँ अफिस भ्याउन ९ बजे बिहानै आई पुगेको छु । नेपालले विश्वकप फुटबल जितेको समाचार त तपाईँले थाहा पाई हाल्नुभयो होला, अनि आज भर्खर विदेशमा रहेका नेपाली दूतावास अगाडी विदेशी हरुको प्रदर्शन रहेको जानकारी प्राप्त भएको छ । नेपाली भिसा लिन अत्यन्त गाह्रो भएको उनीहरूको गुनासो छ ।

हाहा पत्याउनुभयो । आज अप्रिल फूल अर्थात् विश्व मूर्ख दिवस । अप्रिल फूल अर्थात् अप्रिल महिनाको प्रथम तारिख, आज बिहानै देखि विभिन्न बहानामा झुक्क्याउने, ठट्टा गर्ने अनि रमाइलो गर्ने चलन छ है ।

वर्ष सन् २०२१ को अप्रिल फुलको सन्दर्भ अलिक रोचक छ । आफ्नो घरबाहिर ननिस्क, नदेखिने भाइरसले समाउन सक्छ, मृत्युवरण गर्नुपर्ने हुनसक्छ भन्ने तर्कहरू सन् २०२० भन्दा अगाडिका वर्षहरूमा मजाक जस्तो लाग्ने थिए भनेँ सन् २०२ २ मा यिनै कुराहरू मजाक नभई सत्य साबित भएका छन् ।

सावधान रहनुहोला, बिहानै गोठमा भएको गाई फुकेर पारी गाँउमा अर्काको कान्लामा चर्दै छ भनेर सुनाएको भरमा हाम्रा गाउँका माइला बाजे आफ्नो गोठ नहेरी सखारै दोडिएछन् । बुढो ज्यान, थाकेको शरीर तर पनि दुहुनो गाई हराउला भन्ने तर्कना, त्यस वर्ष बाजेलाई अप्रिल फूलले विहान बिहानै छोएको थियो ।

रमाइलो आफ्नो ठाउँमा छ तर यसका नराम्रा पक्षहरू पनि आफ्नै ठाउँमा छ । अप्रिल फूललाई बेमौसम मजाकको गैर जिम्मेवार भाँडो मान्ने केही अबुझहरूका कारणले अप्रिल फूलको नमिठो याद पनि भएको हुनसक्छ । ज्यूँदै मान्छेलाई मर्यो भन्ने अफवाह फैलाईदिने, नभएको विपत्ति आईलाग्यो भनेर हल्ला मचाईदिने अनि अन्य कुराहरूमा हाहाकार मचाईदिने भने यस दिनका नराम्रा पाटाहरू हुन् । हाम्रो पात्रो प्रयोगकर्ता तपाई भने सचेत रहनुहोला ।

यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरू भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शाषन रहेका वेला, आजकै दिनमा कैदि एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिईएको थियो ।

यसै दिनको सम्झनामा हरेक वर्ष अप्रिल फूल अर्थात् मूर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ । लगभग यसै समय आसपासमा हिन्दु चन्द्र क्यालेण्डरमा होली, ज्वीस अर्थात् यहुदीहरुको क्यालेण्डरमा पुरीम र रोमनहरुको क्यालेण्डरमा अतिस पर्व पर्दछन् । मार्चको मध्यवाट र अप्रिलको प्रथम साता विचमा यी पर्वहरु पर्ने गर्दछन् । वसन्त क्रृतुको आगमनको स्वागतार्थ अप्रिल फूल एउटा महत्पूर्ण दिन हो, हामी मध्य धेरैको सम्झना अप्रिल फूलसँग जोडिएको हुनसक्छ, हैन र रु

इतिहास र चलनहरू नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडि विश्वव्यापी रूप लियो जब अङ्ग्रेजी हास्य लेखक अनि कलाकारहरूले यसलाई अभिव्यक्त अनि आआफ्ना रचनामा उतार्न थाले । बेलायती, स्पेनिस, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशको बुद्धि सँगै मान्यता पाउँदै गयो ।

सन् १९५७ मा त बिबिसी ले नै स्विस किसानहरूले रुखबाटै चाउचाउ टिपेको भिडियो देखाइदिएर आजको दिन संसारलाई नै नयाँ वाली आयो भनी झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरूले पनि आजको दिनमा डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउँदछन् ।

विद्यालयमा छँदा साथीहरूको पछाडि कागजको पुच्छर जोडिदिने, ट्वाइलेटमा थुनिदिने, ब्याग र कापीहरू लुकाई दिने, पेन भित्रको रिफिल लुकाई दिने, खाली चकलेटको खोलमा मसिनो पत्थर राखेर दुरुस्त चकलेट जस्तो बनाएर बाटोमा छाडिदिने जस्दा धेरै क्रियाकलापहरु गरेका यादहरु पनि छन नि , कि कसो रु

मूर्ख र सज्जन एक आपसमा वाँझिएका शब्दहरू हुन् । आज मूर्ख दिवस हो , विश्व मूर्ख दिवस । आत्मसाथ गरौँ, कालिदासको ज्ञान अनि काव्यलाई तर स्मरण गरौँ उनी पहिले कति मूर्ख थिए भन्ने कुरा । वाल्मीकिलाई सम्झना गरौँ जो पहिले रत्नाकर डाँकु थिए अनि हामी आफैलाई याद गरौँ न ।

बच्चामा गरेका मूर्ख कामहरू लाई, मूर्खपना नराम्रो हैन तर यसबाट सिक्न अनि आगाडि बढ्न जरुरी छ । आज बोलेका झुट या मूर्ख बनाउने शब्दलाई चोट नपूर्याओस्, मूर्ख बनाउनुहोस् तर हसाउन नभुल्नुहोस् । अप्रिल फूल हाउसफूल होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 416

प्रतिक्रिया (०)

सम्बन्धित खबर