Aamsanchar

गुडिरहेको ट्याक्टरबाट खसेर २३ वर्षीया युवतीको मृत्यु

Author Image
आइतवार, चैत २०, २०७८

प्रतिकात्मक तस्बिर

काटमाठौं – तनहुँको भानु नगरपालिका–९, डुम्रेमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । स्थानीय २३ वर्षीया एलिना श्रेष्ठको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर घाइते भएकी उनको उपचारका क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा गए राति साढे ९ बजे मृत्यु भएको जनाइएको छ ।

शनिबार राति करिब ९ बजे दाउरा लोड गर्न जाँदै गरेको ग१त ५४४५ नम्बरको ट्याक्टरबाट श्रेष्ठ खसेकी थिइन् । उक्त टयाक्टरसहित चालक इलाका प्रहरी कार्यालय भानुको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर