हिजिरी सम्बत (अरबी पात्र) अनुसार मंगलमय ९भलाईको० महिना रमजान हो । यो नबौँ महिना हो जुन २९ वा ३० दिनको हुने गर्दछ । हिजिरी सम्बत चन्द्रमास अनुसार चल्ने भएकाले यसका सबै महिनाहरु २९ वा ३० दिनकामात्र हुने गर्दछन् । औंसी पछिको पहिलो चन्द्रोदयदेखि महिनाको दिन गणना शुरु हुने गर्दछ । रमजान महिनालाई पवित्र र मंगलमय ठहर गर्नुका कारण अल्लाह तआलाले यसै महिनामा कुरआन लगायत आकाशीय ग्रन्थहरु अवतरित गर्नु हो । अल्लाहले हजरत इब्राहीम (अलै) लाई यसै महिनामा सहिफा (लिखित पाना) प्रदान गरेका थिए । त्यस्तै हजरत दाउद (अलै) लाई यसै महिनाको १२ वा १८ तारिखमा जबुर दिएका थिए भने हजरत मुसा (अलै) माथि अल्लाहले यसै महिनाको ६ तारिखमा तौरात अवतरित गरेका थिए । त्यसैगरी हजरत ईशामाथि यसै महिनाको १२ वा १३ तारिखमा इन्जिल अवतरित गरिएको थियो । मानव जीवन विधानको रुपमा अल्लाह तआलाले नबी मुहम्मद (स) माथि पवित्र कुरआनको अवतरणको शुरुवात यस महिनाबाट गरेका थिए । अल्लाहका फरिश्ता जिब्रइल यसै महिनामा दुईपटक अल्लाहका सन्देष्टा मुहम्मद (स) समक्ष आएर कुरआन सुन्ने र सुनाउने कार्य गरेका थिए ।
सामान्यतया हामीले देखे, सुने र भोगे अनुसार कुनै पनि कानुनको आवस्यकता जुन बेला हुन्छ त्यसैबेला त्यो तयार गरिन्छ र त्यसलाई तत्काल लागु पनि गरिन्छ । यदि कानुन निर्माण गर्ने बित्तिकै लागू गर्न सकिएन भने त्यो प्रभावकारी बन्न सक्दैन र त्यसबाट मानिसले लाभ हासिल गर्न पनि सक्दैनन् । यस्तो मानव निर्मित कानुन कुनै निश्चित क्षेत्र वा राष्ट्रको लागि हुने गर्दछ र चाहेको समयमा त्यसलाई सजिलैसँग परिवर्तन गर्न सकिन्छ किनकि यस्तो कानुन मानिसको स्वविवेक, इच्छा र आवस्यकतालाई मध्येनजर राखी बनाइएको हुन्छ । समय र परिस्थितिमा परिवर्तन हुँदा उक्त कानुन वा संविधान उपयोगबिहीन बन्न पुग्छ । कुनै एक राष्ट्रको आवश्यकता अनुसार बनाइने यस्तो कानुन त्यस देशको लागि उपयोगी र लाभदायक भए पनि अर्को राष्ट्रको लागि उपयोगि नहुन सक्छ । त्यसैले दोश्रो देशमा सो कानुन अमान्य वा अस्वीकार्य हुन्छ । तर जे जसो भए पनि कुनै कानुन जुन समयमा बन्छ त्यसै समयमा लागु हुनुपर्छ र हुन्छ पनि । समय र आवश्यकता परिवर्तन हुन साथ लाभहीन बन्न पुग्ने र परिवर्तनको आवस्यकता पर्ने मानव निर्मित संविधान वा कानुनप्रति त मानिसको रबैया यस्तो हुन्छ अर्थात कानुन बन्ने बित्तिकै लागु गरिन्छ भने कुरआन त अल्लाहको कानुन हो जुन अपरिवर्तनीय वा परिवर्तन गर्न आवस्यक नपर्ने प्रकृतिको छ ।
मानवको मार्गनिर्देशनको लागि उसका सम्पूर्ण पक्षलाई समेटेर स्पष्ट जीवन दर्शनयुक्त इश्वरीय कानुन कुरआन हो । यसमा मानिसको सम्पूर्ण जीवनको कार्य दिशा र जीवन व्यवस्थाको निर्देशन र शिक्षा रहेको छ । मानिसले गर्न हुने वा नहुने, असल वा खराब, पाप वा पुण्यका कर्महरुको बारेमा यसले स्पष्ट पारेको छ । अल्लाहले फरिश्ता जिब्रइलको माध्यमबाट मुहम्मद (स) माथि अवतरित गरेको यस मानव विधान कुरआनमा सांसारिक कुनै पनि मानवीय क्रियाकलापहरुको मार्ग छुटेको छैन । मानिसको जीवनमा आइपर्ने आर्थिक, सामाजिक, नैतिक, आध्यात्मिक, राजनैतिक, प्रशासनिक, युद्ध, सम्झौता, सांस्कृतिक क्रियाकलापहरु कसरी संचालन गर्नुपर्छ भन्ने निर्देशन कुरआनले स्पष्ट रुपमा दिएको छ । असल कार्यबाट प्राप्त हुने लाभ, कल्याण र पूण्य तथा खराब कार्यबाट भोग्नु पर्ने पिडा, हानी र यातनाको उदाहरण समेत दिएर यसले मानिसलाई असल कार्य गर्न उत्पे्ररित र खराब कार्यबाट सचेत गरेको छ ।
मानिसको अल्पकालिन सांसारिक जीवन र मृत्युपर्यन्तको अनन्तकालिन जीवनलाई सुखमय बनाउन दिशा निर्देशन गर्ने एक मात्र कानुनको अवतरणको प्रारम्भ रमजान महिनाबाट नै भयो । कुरआन रमजान महिना मै अवतरित भएको र त्यसै महिनालाई अनिवार्य रोजाको महिना बनाइएको कुरा स्वयम् कुरआनले नै प्रमाणित गरेको छ । कुरआनमा भनिएको छ– “रमजानको महिना त्यो महिना हो जसमा कुुुुरआन अवतरण गरियोस यो मानव जातिकालागि मार्गदर्शन हो र यसमा सत्मार्गकोलागि र सत्य तथा असत्यबिच फरक छुट्याउने स्पष्ट प्रमाणहरू छन् । अतः तिमीहरूमध्ये जसले यस महिनालाई पाउँछ उसले अनिवार्यरूपमा यसको ब्रत राखोस् र जो बिरामी छ वा यात्रामा छ उसले अरू दिनहरूमा ब्रत राखी त्यसको गन्ती पूरा गरोस् । अल्लाह तिम्रोलागि सुबिधा चाहन्छन् : तिमीहरूलाई कष्टमा पार्न चाहँदैनन् ताकि तिमीहरूले संख्या पूरा गर । र, उनले जुन सीधा मार्ग तिमीहरूलाई देखाएका छन् त्यसकालागि अल्लाहको स्तुति गर । आशा छ कि तिमी कृतज्ञ बन्नेछौ ।” (कुरआन २ : १८५)
मानिसको सुख सुबिधाको लागि प्रलयको दिनसम्मको लागि सृष्टिकर्ता, पालनहार, रक्षक, दयावान अल्लाहको तर्फबाट पठाइएको कानुन नितान्त प्राकृतिक र परिवर्तनको आवस्यकता बिहीन छ । यो जुनसुकै काल, परिस्थिति र स्थानको लागि पनि उत्तिकै उपयोगी छ । यो रमजान महिनामा अवतरित भएकोले त्यसै महिनामा लागु गर्नुको विकल्प थिएन र अल्लाह तआलाको त्यही आदेश भयो पनि । त्यसैले अल्लाहले धैर्यता आत्मसंयमता र दयालुताको परीक्षाको रुपमा रोजालाई यसै महिनामा अनिवार्य गरे । कुरआन अवतरणको महिना रमजान भएकाले यो सबभन्दा पवित्र महिना हो । त्यसैले सबभन्दा पवित्र महिना नै रोजा अनिवार्य हुनु उचित हुन्थ्यो र त्यसै अनुसार भयो पनि । जसरी अन्धकार रातको अन्त्य र बिहानीको शुरुवातसँगै रोजा शुरु हुन्छ त्यसरी नै लामो समयको अन्धकार र पथभ्रष्टतापूर्ण समयको अन्तसँगै नयाँ बिहानीको चम्किलो प्रकाशको रुपमा कुरआनको अवतरण रमजान महिनाबाट भयो । नयाँ बिहानीको चम्किलो प्रकाश बोकेर आएको यस रमजान महिनाका दिनहरुलाई रोजाले र रातहरुलाई उपासनाले सुसज्जित पार्नु सर्बथा उचित थियो । त्यसैले अल्लाहले दुई हिजिरीदेखि रमजान महिनालाई अनिवार्य रोजाको महिना घोषित गरिदिए ।
त्यस्तै रमजान महिना नै त्यो महिना हो जसमा नबी (स) सबभन्दा बढी कुरआन पाठ गर्नुहुन्थ्यो र उहाँ त्यसै महिनामा सबभन्दा उदार र सत्कर्मी बन्नुहुन्थ्यो । रमजान महिनामा नै अल्लाहका फरिश्ता जिबा्रइल (अलै) नबी (स) समक्ष आएर कुरआन पाठ गरेर सुनाउने र नबी (स) बाट कुरआन पाठ सुन्ने गर्दथे । हदीस संग्रह मिश्कातमा उल्लेख भएको एउटा हदीसले पनि रमजान महिनामा नै रोजा अनिवार्य हुनुको कारण प्रष्ट पारेको छ । सलमान फारसीले भनेका छन्– “शाबान महिनाको अन्तिम दिनमा नबी (स) ले खुत्बा (भाषण) दिनुभयो । उक्त भाषणमा उहाँ (स) ले भन्नुभयो– “हे मानिसहरु हो १ एउटा महान र मंगलमय महिना नजिक आएको छ । यो त्यस्तो महिना हो जसको एउटा रात एकहजार महिनाको रातभन्दा उत्तम छ । अल्लाह तआलाले यस महिनामा रोजा राख्न अनिवार्य गरिदिएका छन् र यस महिनामा तराबीह पढ्न नफ्ल ९ऐच्छिक० गरिदिएका छन् । जो व्यक्ति यस महिनामा आफ्नो हृदयको खुसीले कुनै एउटा असल कार्य स्वयं गर्दछ त्यो यस्तो हुन्छ जस्तो कि रमजान बाहेकको अर्को महिनामा फर्ज (अनिवार्य) कर्म पूरा गरेको हो । यस महिनामा फर्जकर्म पूरा ग¥यो भने त्यो यस्तो हुन्छ जस्तो कि रमजान बाहेकको अर्को महिनामा कसैले सत्तरी फर्जकर्म पूरा ग¥यो । यो धैर्यको महिना हो र धैर्यताको बदला जन्नत (स्वर्ग) हो । यो महिना समाजका गरीब र आवस्यकता भएकाहरुका साथ दया र सद्भाव गर्ने महिना हो ।” (हदीस संग्रह मिश्कात)
रोजाको महिना अर्थात रमजान मानिसको लागि उपदेश ग्रहण गर्ने महिना हो । यो संयमता, धैर्यशिलता, मिलनसारिता, एकात्मकता, आत्मियता आपसी सहयोग, सहिष्णुता, दयालुता जस्ता मानवीय गुणको विकास गर्ने तालिम दिने महिना हो ।यी मानवीय गुणको लागि कुनै प्रशिक्षकको आवस्यकता पर्दैन, मानव भित्र स्वयं यस्ता गुणहरु यो रमजानमा देखापर्दछ । अझ यस महिनामा जसले कुरआन पढ्छ, त्यसको शिक्षा मनन गर्छ, नबी (स) को जीवनीको अध्ययन गर्छ उस भित्र त यस्ता गुणहरु अझ स्पष्ट भएर आउँछन् । यस महिनामा पाएको शिक्षा र नियमित तालिमले बाँकी एघार महिनामा पनि सोही अनुसारको असल आचरण, क्रियाकलाप र अल्लाह प्रतिको दृढ बिश्वास र भरोसा गर्न मानिस निर्देशित हुन्छ । रमजान महिना समयको व्यवस्थापन र सही उपयोग कसरी गर्ने भन्ने तालिम दिने महिना पनि हो । मानिसले एक महिनाभरि प्रत्येक दिन बिहान ठीक समयमा सेहेरी (बिहान मिर्मिरे उज्यालो हुनुभन्दा अघि अर्थात फज्र नमाजको समय शुरु हुनुभन्दा अघि खाइने खाना) को लागि उठ्नुपर्ने, तोकिएको समयमा खानपिन बन्द गरी फज्रको नमाज पढ्नुपर्ने, दिनभर असल र खराब क्रियाकलाप छुट्याई आफूलाई असल र पूण्यदारी काममा लगाउनुपर्नेस बोलिबचन, भोक, प्यास, आफ्नो दृष्टिलाई नियन्त्रण राख्नु पर्नेस हरेक खराब कार्य तथा क्रियाकलापबाट बच्नु पर्ने, साँझमा निर्धारित समयमा इफ्तार गर्नुपर्ने, फेरि रातमा इशाको नमाज र तराबीहको लागि मस्जिदतर्फ जानुपर्ने हुन्छ । यसमा बिहान उज्यालो हुनुभन्दा केही समय अघिदेखि रातीसम्म प्रत्येक आस्थावानहरु समयका पाबन्दीका साथ र अल्लाहले तोकेका नियम परिधिमा बाँधिएर आफ्ना क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने हुन्छ ।
त्यसैले रमजान महिनाले मानिसलाई समयको महत्व बुझेर ठीक समयमा ठीक कार्य गर्ने पाठ सिकाउँछ र त्यसै अनुसार चल्न अभ्यस्त बनाउँछ । रमजान महिनालाई रोजाको लागि खास गरिएको र एकै समयमा सबै मिलेर सामुहिक रुपमा रोजा राख्न र सामुहिक रुपमा इफ्तार गरी त्यस दिनको रोजा अन्त्य गर्न आस्थावानहरुलाई आदेश दिइएको छ । रमजान महिनाको पूरा वातावरणलाई भलाई र तक्वा (इशभय) इशप्रेम र आसा केवल अल्लाहमाथिको आत्माले भरिदिन्छ । जसले गर्दा पूरै समुदायमा इमान र तक्वाको खेती हराभरा भए झैं लाग्छ । जता हेरे पनि मानिस अल्लाहको प्रशंसा र गुणगानमा लागेको, सत्कर्म तथा भलाईका हात फैलाएको, खराब आचरण र व्यवहारबाट टाढा रहेको, मेलमिलाप र भातृत्वको भाव प्रदर्शन गरेको देखिन्छ । यो महिना हरेक आस्थावान्को लागि नै भलाईको रुपमा रहेको छ । मानिसको मन भडकाएर कुमार्ग अर्थात अनास्थाको मार्गतर्फ लैजान खोज्ने शैतानहरु पनि बाँधिएका हुन्छन् र मानिसको लागि पूण्यप्राप्तिका ढोकाहरु अर्थात स्वर्गका ढोकाहरु खोलिएका हुन्छन् र नर्कका ढोकाहरु बन्द गरिएका हुन्छन् । हजरत अबू हुरैरह (रजि) को भनाई अनुसार मुहम्मद (स) ले भन्नुभयो– “जब रमजान आउँछ तब जन्नत (स्वर्ग) का ढोकाहरु खोलिन्छ ।” (हदीस संग्रह बुखारी)
त्यस्तै अर्को हदीस अनुसार मुहम्मद (स) ले भन्नुभयो– “जब रमजान महिना आउँछ रहमत (दया र कृपा) का ढोकाहरु खोलिन्छन्, जहन्नम नर्क का ढोकाहरु बन्द गरिन्छन् र शैतानहरु सिक्रिमा बाँधिन्छन् ।” (हदीस संग्रह मुस्लिम) रमजान महिनाका रातहरु ईशभय राख्नेहरुका लागि ज्यादै महत्वपूर्ण हेका छन् किनकि यस महिनाको एउटा रात यस्तो छ जुन एक हजार महिनाका रातहरुभन्दा उत्तम छ । यसको अर्थ यस महिनाको अन्तिम पाँच बिजोर दिनका रातहरुमध्ये रउटा रात कद्रको रात हो जसमा उपासना गरेर प्राप्त हुने पुण्य अरु एकहजार महिनाका रातहरुमा गरिएको उपासनाबाट प्राप्त पुण्यको कुल योगफलभन्दा बढी हुन्छ । त्यसैले तक्वाका साथ जसले खासगरी रमजानका अन्तिम पाँच बिजोर रातमा अल्लाहको उपासना, नमाज, कुरआन पाठ, अल्लाहको महिमागान प्रार्थना ग¥यो उसले त्यो रातको पूण्य प्राप्त ग¥यो । कुरआनमा अल्लाह भन्छन्– “निस्सन्देह हामीले यस (कुरआन) लाई कÞद्रको रातमा अवतरण ग¥यौं । र कÞद्रको रात के हो तिमीलाई के थाहा रु कÞद्रको रात एकहजार महिनाभन्दा पनि उत्तम छ । यसमा फÞरिश्ताहरू एवं आत्मा (जिबाइल) आफ्ना पालनकर्ताको आदेशले हरेक कार्य सम्पादनकोलागि ओर्लने गर्छन् । यो पूर्ण शान्ति को रात होस प्रातःकालको आगमनसम्म (रहन्छ) ।” (कुरआन ९७ : १–५) त्यसैगरी अबू हुरैरह (रजि) को भनाई अनुसार नबी (स) ले भन्नुभयो– “तिमीहरु समक्ष रमजान आयो, यो पवित्र महिना हो । अल्लाहले तिमीहरुमाथि यसको रोजा अनिवार्य गरेका छन् । यसमा एउटा रात यस्तो छ जुन एकहजार महिनाभन्दा उत्तम छ जो व्यक्ति यस रातको पूण्यबाट बञ्चित रह्यो त्यो पूण्य प्राप्तिबाट बञ्चित रह्यो ।” (हदीस संग्रह नसई २११०)
त्यस्तै अबु हुरैरह (रजि) को भनाई अनुसार मुहम्मद (स।) ले भन्नुभयो– “जसले आत्मामुल्याङ्कन गर्दै आस्थाका साथ रमजानका रोजा राख्छ उसका अतीतका सानातिना पापहरु माफ गरिनेछ र जसले रमजानका रातहरुमा पूण्य प्राप्तिको नियतले आस्थाका साथ र आत्म मूल्याङ्कन गर्दै नमाज पढ्यो, उसका अतीतका सानातिना पापहरु माफ गरिनेछ ।” (हदीस संग्रह तिर्मिजी)
रमजान महिनामा गरिब, दुःखी, असहाय र बिपन्नहरुलाई लत्ताकडा, अन्नपात, औषधी उपचार लगायतका सहयोग गर्नाले रोजेदारलाई ठूलो पूण्य प्राप्त हुन्छ । त्यसैले आस्थावानहरु यस महिनामा जकात, फित्रा, सद्कात आदिको रुपमा रुपैयाँ र धनसम्पत्ति निकाली त्यसका सहि हकवालासमक्ष पु¥याउन लागिपर्छन् । कतिपय मानिसहरु त आफ्ना गाउँ ठाउँमा यस्तो सहयोग दिने व्यक्ति नभएमा सहयोग पु¥याउन लामो यात्रा समेत गर्ने गर्दछन् । रमजान महिना दया, अनुकम्पा, क्षमायाचनाको महिना हो । त्यसैले जसले जति बढी अरुप्रति यस्तो व्यवहार गर्दछ उसले त्यति बढी अल्लाहबाट दया र अनुकम्पा प्राप्त गर्दछ । त्यस्तै आस्थावानले पछि त्यस्तो गल्ति नदोहो¥याउने र त्यसतर्फ आफूलाई नलगाउने नियतका साथ अल्लाहसँग क्षमायाचना गर्छ, आफूले गरेको दुश्कर्मप्रति आत्मा आलोचना गर्छ अल्लाह उसलाई क्षमा प्रदान गर्नेछन् र उसले गरेका सानातिना पापहरु माफ गर्नेछन् । यो पूण्यदायी महिना भएकाले हरेक आस्थावानहरु यस महिनाभर पूण्यकर्म गर्न कटिबद्ध रहन्छ र आफूलाई पापदायी कर्मबाट टाढा राख्ने प्रयत्न गर्दछ । रमजानको यो अभ्यासले अन्य महिनामा पनि यस्तै कार्यमा अभ्यस्त रहन प्रेरित गर्दछ । नर्कको आगोबाट बच्न आस्थावान अल्लाहप्रति आफूलाई समर्पित गर्दै पापकर्मप्रति क्षमायाचना, आत्मा आलोचना गर्नुको साथै अल्लाहको प्रशंसा र गुणगान गर्नमा रमजानका रातहरु बिताउने गर्दछ र दिनहरुमा आफूलाई दानपूण्य र सहयोग, सद्भाव जस्ता कार्यमा समर्पित गर्दछ । एउटा हदिस अनुसार हजरत इब्ने अब्बास (रजि।) को भनाई छ कि “रसुलुल्लाह (स) सबभन्दा बढी दानी हुनुहुन्थ्यो । उहाँ त्यसबेला सबभन्दा बढी दानी हुनुहुन्थ्यो जब फरिश्ता जिब्रइल (अलै) उहाँलाई भेट्न आउथे । जिब्रइल (अलै) रमजानको प्रत्येक रातमा उहाँ (स) लाई भेट्न आउथे र उहाँ (स) सँग मिलेर कुरआनको पाठ गर्दथे । त्यसबेला नबी (स) जोडले चलेको हावाभन्दा बढी दानी हुनुहुन्थ्यो ।” (हदीस संग्रह बुखारी) यस महिनामा कुनै अभावग्रस्तलाई एकछाक खाना खुवाए पनि ठूलो पूण्य प्राप्त हुन्छ । त्यस्तै रोजेदारलाई इफ्तार गराए पनि अल्लाहको कृपा प्राप्त गर्दछ । एउटा हदीस अनुसार मुहम्मद (स) भन्नुभयो– “निश्चय नै अल्लाह तआला इफ्तारको समयमा धेरै जनालाई नर्कको दन्कदो आगोबाट मुक्त गर्दछन् र यो क्रम रमजानको प्रत्येक रातमा चलिरहन्छ ।” (हदीस संग्रह इब्नेमाजा)
त्यस्तै नबी (स) ले भन्नुभयो– “जसले रोजेदारलाई इफ्तार गराउँछ उसलाई रोजेदारको बराबरी पूण्य प्राप्त हुनेछ र रोजेदारको पूण्यमा कुनै कमी गरिनेछैन ।” त्यस्तै अर्को हदिस अनुसार मुहम्मद (स) ले भन्नभयो– “तीनजना व्यक्तिहरु यस्ता हुन् जसको दुवा अवश्य अस्वीकार्य हुनेछैन । तिनीहरु रोजेदार यहाँसम्म कि उ इफ्तार गरोस्, इन्साफ गर्ने इमाम र पिडित जसमाथि अत्याचार भएको छ ।” (हदीस संग्रह तिर्मिजी)