Aamsanchar

सहारा साकोसले मनायो २७ औं स्थापना दिवस, दुई स्थानमा एटिएम सेवा सुरुवात

Author Image
सोमवार, चैत २१, २०७८

चारपाने । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुभारम्भ गरेको छ ।

सोमबार (आज) केन्द्रिय कार्यालय चारपानेमा आयोजित २७ औं स्थापना दिवस समारोहका प्रमुख अतिथि एवम् प्रदेश १ सहकारी मन्त्री ओमप्रकाश सरावगीले केन्द्रिय कार्यालय अगाडी रहेको एटिएम मेशिनको उद्घाटन गरेका हुन । सहाराले चारपाने र घुलाबारीमा गरी दुईवटा एटिएम मेशिन आजबाट संचालनमा ल्याएको हो ।

कार्यक्रममा रामचोक महिला नौमतीबाजा समूहलाई नौमतीबाजा वितरण, शिक्षा बचत अन्तरगत ६ जना छात्राहरुलाई शैक्षिक सामग्री वितरण, परिवार राहत कार्यक्रम अन्तरगत दिवंगत शेयर सदस्य माधव बराईलीकी बुहारी दिलकुमारी बराईलीलाई नगद ५ लाख रुपैंया हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सरावगी, नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवे, नेकपा एमाले झापा अध्यक्ष दिपक कार्की, राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझाले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको वित्तिय अवस्थामा शेयर पुँजी १ अर्ब ६५ करोड, बचत ५६ करोड, लगानी १३ अर्ब १६ करोड, जगेडा तथा अन्य कोष १ अर्ब, वासलात १५ अर्ब रहेको छ ।

प्रदेश १ का ६ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर अघी बढीरहेको सहारा साकोसको ७९ वटा सेवाकेन्द्र मार्फत १ लाख ६० हजार सदस्यहरु आवद्ध रहेका छन् । हाल सम्म संस्थाले दुई वटा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेको, शसक्तिकरणमा योगदान पुर्याए वापत सन् २०१२ मा सियुएमआई प्रफमेन्स अवार्ड र सदस्यहरुको संरक्षणमा कामगरे वापत स्मार्ट सटिफिकेट सन् २०२१ मा प्राप्त गरेको विज्ञप्तीमा उल्लेख छ ।
संस्थाले प्रत्यक्ष रुपमा ५२६ जनालाई रोेजगारी प्रदान गरेको, १९ हजार भन्दा बढी सदस्यहरुलाई विभिन्न उद्यमको माध्यममबाट स्वरोजगार बनेको, कोभिड प्रभावित सदस्यहरुमा सहयोग र समुदायका लागि खाद्ययन्न, अक्सिजन र पिसिआर ल्याव स्थापानार्थ सहगोग गरेको, हालको आर्थिक तरलताको अवस्थामा पनि सदस्यहरुलाई सहज सेवा, स्वास्थ्य, शिक्षा, वातावरण, खाद्य सुरक्षा स्वच्छ उर्जा लगायतका क्षेत्रमा काम गर्दै आएको, वेरोजगार युवाहरुलाई अटो तथा कृषि ऋण प्रदान गरी स्वरोजगार बनाएको, सामाजिक क्षेत्रमा २६ वटा जेष्ठ सदस्य विश्राम केन्द्र, अति दुर्गम पाँचथर र उदयपुरका स्वास्थ्य केन्द्रलाई ६ वटा एम्वुलेन्स प्रदान गरिएको, संस्थाले गर्ने नियमित आर्थिक कारोवार चुस्त दुरुस्त ढंगले संचालन गर्ने क्रममा हाल सम्म कुनै पनि सदस्यको ऋण घितो लिलाम गर्नु नपरेको, संस्थालाई समय अनुकुल प्रविधीमैत्री बनाईएको संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।

संस्थाका कार्यवहाक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष उपेन्द्र ओलीले गरेका थिए । कार्यक्रमको संचालन शेयर सदस्य केशव भट्टराईले गरेका थिए ।

Views: 1138

प्रतिक्रिया (०)

सम्बन्धित खबर