Aamsanchar

आफ्नो पार्टी विजयी भए कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने : राजेन्द्र लिङ्देन

Author Image
मङ्गलवार, चैत २२, २०७८

पर्वत : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी विजयी भए कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने बताएका छन्।

पर्वत सदरमुकाम कुश्माबजारमा मंगलवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कक्षा १२ सम्म निःशुल्क‚ सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला एवं वृद्धवृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिने बताएका छन्।

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग आग्रह गरे। उनले आगामी स्थानीय तहको निर्वाचनमा उपयुक्त वातावरण बने गठबन्धन बनाएर जान सकिने बताए।

अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) विचारले एउटै पार्टी भएको आरोप लगाएका छन्। उनले यी तीन ठूला दल नामले फरक भए पनि विचारका हिसाबले फरक नभएको आरोप लगाएका हुन्।

Views: 418

प्रतिक्रिया (०)

सम्बन्धित खबर