Aamsanchar

धादिङमा स्थानीय चुनावको टिकटका विषयमा नेपाली कांग्रेस कार्यकर्ताहरूबीच कूटाकुट

Author Image
बुधवार, चैत २३, २०७८

काठमाडौं – धादिङको खनियावास गाउँपालिकामा स्थानीय चुनावको टिकटका विषयमा नेपाली कांग्रेस कार्यकर्ताहरूबीच झडप भएको छ ।

दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । अनुहारमा चोट लागेका तामाङको अवस्था भने सामान्य रहेको छ ।

मंगलबार राति कांग्रेसका दुई पक्षबीच कुटाकुट भएको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुटपिटमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेको भन्दै प्रहरीले थप छानविन गरिरहेको बताएको छ ।

स्थानीय चुनावका लागि गाउँ गाउँमा सरगर्मी बढ्दै गएको छ ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर