Aamsanchar

होस नपुर्याउदा झापामा कञ्चन निर्माण सेवाका टिपर चालकको करेन्ट लागेर मृत्यु

Author Image
बुधवार, चैत २३, २०७८

झापा । झापाको हल्दिबारी गाउँपालिका–२ पशुपति चोकमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ ।

आज बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी-५ का ४८ बर्षीय बिक्रम तामाङ घाईते भएकोमा तत्काल उपचारको लागि अस्पताल लगिएकोमा अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको  प्रदेश प्रहरी कार्यालयले आमसंचारलाई जानकारी दिएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

Views: 601

प्रतिक्रिया (०)

सम्बन्धित खबर