Aamsanchar

संसद् भंग गर्ने पाकिस्तानी प्रधानमन्त्रीको निर्णय सर्वोच्चद्वारा खारेज

Author Image
शुक्रवार, चैत २५, २०७८

संसद् भंग गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खाँको निर्णय त्यहाँको सर्वोच्च अदालतले बिहीबार खारेज गरेको छ। सर्वोच्चका प्रधानन्यायाधीश उमर अता बन्दियाल सहित ५ न्यायाधीशको इजलासले संसद् भंग गर्ने प्रधानमन्त्री इमरान खाँको निर्णय बदर गरिदिएको हो। सर्वोच्च अदालतले अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुख कासिम खाँ सुरीको रुलिङलाई पनि अवैधानिक भएको उल्लेख गरेको छ। सर्वोच्च अदालतले शनिबार बिहान साढे १० बजे त्यहाँको संसद नेशनल एसेम्बलीको बैठक बोलाउन आदेशसमेत दिएको छ।

प्रधानमन्त्री इमरान खाँ विरुद्धको अविश्वास प्रस्तावको टुङ्गो नलागेसम्म संसद अधिवेशन स्थगित गर्न नसकिने आदेश अदालतले दिएको छ।

Views: 368

प्रतिक्रिया (०)

सम्बन्धित खबर