शान्तिनगर – बुद्धशान्तिमा जारी प्रथम शान्तिनगर जागृती नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि रोङ र आदर्श युवा क्लब बुधबारे भिडने भएका छन ।
बुधबार भएको अन्तिम सेमिफाइनलमा ४ जना राष्ट्रिय खेलाडी आयुष घलान, देबेन्द्र तामाङ , सन्जोग राई र विशाल राई बि सङ्गै उत्रीएको पुर्बेली फुटबल क्लब बिर्तामोडलाई ३/० ले हराउँदै आदर्श युवा क्लब बुधबारेले रोङ सङ उपाधी भिडन्त पक्का गरेको हो । उपाधिको भिडन्त २६ गते शनिबार २ बजेदेखि हुने आयोजक जागृति युवा क्लबका अध्यक्ष अजय सरदारले जानकारी दिए ।
यसअघि भएको पहिलो सेमिफाइनलमा आयोजक जागृति युवा क्लबलाई २/१ ले पाखा लगाउदै रोङ फाइनलमा प्रबेश गरेको थियो ।
प्रतियोगिताको उपाधी बिजेतालाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेतालाई नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
+1
+1
+1
+1
Views: 581