Aamsanchar

सहारा नेपाल खुदुनाबारी सेवा केन्द्रले मनायो २७ स्थापना दिवस, दुई जना उद्यमीलाई सम्मान

Author Image
शुक्रवार, चैत २५, २०७८

बिर्तामोड । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर सहारा नेपाल साकोसको खुदुनाबारी सेवा केन्द्रले दुईजना महिला उद्यमी सदस्यहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुने महिला उद्यमीहरुमा खुदुनाबारी स्थित रिना मोटरसाईल ग्यारेजकी संचालक रिना देवि बाँनिया र अर्जुनधारा–२ साठीमुरेमा कुखुरा पालन गर्दै आएकी फूलमाया मगरलाई सम्मान गरिएको हो ।
शुक्रबार (आज) कैदले सामुदायिक भवनमा आयोजित कार्यक्रममा दुई सफल उद्यमीहरुलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा–२ का वडाध्यक्ष रधुनाथ खनाल,विशिष्ट अतिथि सहारा नेपालका अनुगमन कार्यालय प्रमुख घनश्याम रायले सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

संस्थाको शेयर सदस्य रहेर उद्यमशितमामा स्थानिय स्तरमा उदाहरणिय कार्य गर्दै आएकोले बाँनिया र मगरलार्ई सम्मान गरिएको सहारा नेपाल खुदुनावारी सेवाकेन्द्रका प्रमुख अम्बिका सरणले बताए ।

सहारा नेपाल खुदुनाबारी सेवाकेन्द्र को आयोजनामा भएको कार्यक्रमको अध्यक्षता  सहारा नेपाल समूह नं. ५४  की अध्यक्ष सुकमाया रानाले गरेकी थिईन् । कार्यक्रमको संचालन सेवाकेन्द्रका कर्मचारी रेवत ओझाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 687

प्रतिक्रिया (०)