Aamsanchar

प्रचण्डका काकाका छोरा नारायण राष्ट्रियसभा सदस्यमा मनोनित

Author Image
शनिवार, चैत २६, २०७८

काठमाडौं – सरकारले राष्ट्रियसभा सदस्यमा माओवादीका नारायण प्रसाद दाहाललाई मनोनित गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनित गर्नुभएको हो ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनित गरिएको राष्ट्रपतिको कार्यालयले बताएको छ ।

दाहाल माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका काकाका छोरा हन् ।

यसअघि उहाँ संविधानसभा सदस्य पनि भइसक्नुभएको थियो । नेकपा एकता कालमा उहाँ पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष हुनुहुन्थ्यो ।

रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उहाँ मनोनित हुनुभएको छ ।

Views: 439

प्रतिक्रिया (०)

सम्बन्धित खबर