Aamsanchar

शंकास्पद रूपमा झुन्डिएको अवस्थामा ३५ वर्षीय युवक मृत फेला

Author Image
शनिवार, चैत २६, २०७८

ओखलढुंगा — ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ स्थित कुँडुलेमा एक युवक मृत अवस्थामा भेटिएका छन् । शनिबार बिहान उनी स्थानीय मनबहादुर सार्कीको घरमा भान्छा नजिकै बाहिरपट्टि नाम्लोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

शंकास्पद अवस्थामा स्थानीय युवा अन्दाजी ३५ वर्षीय राजु परियारको शव झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले शवको प्रकृति हेर्दा हत्या गरेर झुन्ड्याएको हुनसक्ने अनुमान गरेका छन् ।

शरीरमा केही चोट देखिएको र नजिकै खुकुरी भेटिएको स्थानीयको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुकदेव खनालले प्रहरी टोली घटनास्थल पुगिसकेकोले अनुसन्धान प्रक्रिया अघि बढेको बताए । थप विवरण आउन केही समय लाग्ने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 437

प्रतिक्रिया (०)