Aamsanchar

सोमबार पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चुन्ने

Author Image
आइतवार, चैत २७, २०७८

पाकिस्तानको संसद्मा अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिर भएका छन् । शनिबार राति त्यहाँको राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमा मतदान भएको थियो  जसमा १७४ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे ।इमरान खानले उनलाई सत्ता बाहिर निकाल्न अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका थिए । उनले कुनै पनि नयाँ सरकारलाई स्वीकार गर्न अस्वीकार गरेका थिए । पाकिस्तानमा कुनै पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो अवसर पनि हो ।  अब सोमबार पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चुन्नेछ । नयाँ प्रधानमन्त्रीले आगामी चुनाव अर्थात् अक्टोबर २०२३ सम्म आफ्नो कार्यभार सम्हाल्नेछन् ।

Views: 399

प्रतिक्रिया (०)

सम्बन्धित खबर