Aamsanchar

एएफसी फुटसल छनोटमा उज्वेकिस्तानसँग नेपाल ५–१ गोलले पराजित

Author Image
आइतवार, चैत २७, २०७८

काठमाडौं : एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। कीर्गिस्तानको विश्केकस्थित गाजप्रोम स्पोर्टस् कम्प्लेक्समा भएको खेलमा नेपाल ५–१ गोल अन्तरले पराजित भएको हो।

उज्वेकिस्तानले दबदबापूर्ण प्रदर्शन गर्दै पहिलो हाफको अन्त्यमा ३–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा नेपालका लागि मणि लामाले एक गोल फर्काएर खेललाई ३–१ मा पुर्‍याएका थिए। दोस्रो हाफमा थप दुई गोल गरेर उज्वेकिस्तानले नेपालाई ५–१ गोल अन्तरले पराजित गरेको हो।

उज्वेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दुई गोल गरे। उश्मोनोभ अकबर‚ खुस्निद्दीन निशोनोभ र एल्मुरोदोभ एब्बोसले एक एक गोल गरे। छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ।

Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर