Aamsanchar

आजको राशीफल (२०७८ चैत २८ गते सोमबार)

Author Image
सोमवार, चैत २८, २०७८

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त सँग कुराकानी हुनेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

आज स्वादिष्ट भोजनको अवसर मिल्नेछ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । प्राविधिक र स्वास्थ्य विषयमा बढी सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा पनि अवरोध आउनसक्छ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाइनेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहन सक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।  ज्यो.प.नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 667

प्रतिक्रिया (०)

सम्बन्धित खबर