Aamsanchar

आजको राशीफल (२०७८ चैत २९ गते मंगलबार)

Author Image
सोमवार, चैत २८, २०७८

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सफल यात्राको योग छ, तर स्वास्थ्य प्रति भने सजगता अपनाउनु पर्नेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 475

प्रतिक्रिया (०)

सम्बन्धित खबर