Aamsanchar

डिजिटल गडी प्रिमियर लिग मा आठौं खेल सम्पन्न

Author Image
मङ्गलवार, चैत २९, २०७८

डिजिटल गडी प्रिमियर लिग (डीजीपीएल) मा आज प्रतियोगीतको दुई खेल सातौं र आठौ खेल सम्पन्न भएका छन्। पहिलो खेल गडी राइडर्स र भमरी वारियर्स बीच भएको थियो जसमा गडी राइडर्स प्रतियोगिताको दोस्रो जित दर्ता गरेको छ । आजको सातौं खेलमा सुभनकर उराओंको उत्कृष्ट ब्याटिङ र बलिङको मदतले गडी राइडर्सले ४ विकेटको जीत दर्ता गरेको छ ।

गडी रंगशालामा ११६ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको गडी राइडर्स ले १० ओभर ४ बलमा ६ विकेट गुमाउँदै ११६ रन बनाउन सफल भयो । गडी राइडर्सका लागि सुभनकार उराओं ले ३७ ,दिपक पासवान ले १६ रन बनाए । भमरी वारियर्सका लागि अभ्यास तिमिल्सिना ले २, विधान ले २, सरोजले १ विकेट लिएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको भमरी वारियर्स ले १९ ओभर ओभर ५ बल खेल्दै ११६ रन बनाउन सक्यो । भमरीका लागि सर्वाधिक विधान ले सर्वाधिक ३४ रन बनाए । त्यसै सरोज बस्नेतले २४ रन बनाउन सके।

गडी का लागि सुभनकरले सर्वाधिक ३ विकेट लिएका थिए। खेलका म्यान अफ द म्याच सुभनकर घोषित भए ।

त्यसै आज भएको छपकी सुपर किङ्स र मधेली च्यालेन्जर दोस्रो खेल अर्थात् प्रतियोगिताको आठौ खेलमा छपकी सुपर किङ्सले प्रतियोगिताको तेस्रो जित दर्ता गरेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको छापकी सुपर किङ्स ले १४ ओभर २ बल खेल्दै मात्र १०५ रन बनाएको थियो । छपकी का लागि सर्वाधिक सोनु अन्सारीले ४०,समीरले २०, सिद्धान्त ले १६ रन बनाए । सस्तो मै समेट्ने क्रममा मधेलिका लागि सुमित यादवले ५ र कमल खत्री ले ३ विकेट लिए।

१०६ रनको सामान्य लक्ष्यका लागि मैदान उत्रेको मध्यली च्यलेन्जर १८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै छप्की सुपर किङ्स ले ३५ रनको जित दर्ता गर्न सफाल भयो।माधेलिका लागि फिरदोष ले १७ ,ज्ञानेन्द्रले १२ बाहेक कसैले ब्याटिङमा दोहोरो अंक छुन सकेनन्। छपकि सुपर किङ्स का लागि अभिषेक कुमार मेहता ले ३ ,सिद्धान्त, श्रवण ,दिपक ले २-२ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच अभिषेक घोषित भए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 439

प्रतिक्रिया (०)

सम्बन्धित खबर