बिर्तामोड । झापामा पहिलो पटक सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आयोजक बोस्टन ब्लास्टर्स बिर्तामोडले मंगलबार धुलाबारीमा प्रतियोगिताको बिषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा जिल्लामै पहिलो पटक झापा सुपर लिग(जेएसएल) हुन लागेको जानकारी दिएको हो ।
आगामी बैशाख ३ गते देखि मेचीनगर स्थित काँकरभिट्टा खेल मैदानमा प्रतियोगिता हुने छ ।
झापाली चारवटा क्लवको सहभागीता रहने प्रतियोगितामा बिर्तामोडको बोस्टन ब्लास्टर्स ससक्त रुपमा मैदानमा उत्रने जनाइएको छ । प्रतियोगितामा जेएसएलमा बोस्टन ब्लास्टर्सका तर्फबाट अन्तर्राष्ट्रिय नेपाली क्रिकेटर तथा राष्ट्रिय टोली सदस्य करण केसीलगायत खेलाडीले खेल्ने संयोजक बाप्पा साहले बताए ।
उपाधी जित्ने लक्ष्यका साथ प्रतियोगितामा भाग लिने बोस्टन ब्लास्टर्सले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेको जनाएको छ ।
पत्रकार भेटघाटमा योजना प्रमुख विशाल अग्रवाल, संयोजक बाप्पा शाह, टिम मेनेजर रुपेश मादेन, टिम कोच बिनित बास्तोला, सोबित बास्तोला, आशिष बनलगायतको उपस्थिति रहेको थियो ।