Aamsanchar

विष्फोटपछि समुन्द्रमा डुब्यो रुसी युद्धपोत

Author Image
शुक्रवार, वैशाख २, २०७९

काठमाडौं – रुसको रणनीतिक महत्वको युद्धपोत मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको छ।  बुधबारको विस्फोटमा क्षतिग्रस्त भएको मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार प्रमुख लडाकु युद्धपोत बुधबार क्षतिग्रस्त भएपछि तानेर बन्दरगाहतर्फ लैजाँदै गर्दा समुद्रीलहर चलेपछि डुबेको हो। चालकदलका ५ सय १० सदस्य रहेको यो क्रुज रुसी सैन्य शक्तिको निकै महत्वपूर्ण पाटो थियो।

युक्रेनविरुद्धको आक्रमणमो समुद्रीमार्गको नेतृत्वयही युद्धपोतले गरेको थियो। युक्रेनले आफ्नो मिसाइलले यो युद्धपोतमा आक्रमण गरेको दाबी गरेको छ। तर रुसले भने युक्रेनी आक्रमणबारे केहीबोलेको छैन। रुसले आगलागीपछि क्षतिग्रस्त भएको मात्र बताएको छ।

आगलागीपछि युद्धपोतमा रहेकागोलाबारुद्धमा विस्फोट भएको रुसी अधिकारीको भनाइ छ। विस्फोटलगत्तै चालकदलका सबै सदस्यलाई बाहिर निकालिएको रुसले जनाएको छ।

 

Views: 470

प्रतिक्रिया (०)

सम्बन्धित खबर