Aamsanchar

नेपाली राष्ट्रिय फुटबल टिमकाे प्रशिक्षण सुरु

Author Image
शुक्रवार, वैशाख २, २०७९

काठमाडौं –  एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम आजदेखि प्रशिक्षण सुरु गरेको छ।  नेपाली टोलीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको हो। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन्।

पहिलो दिन २४ खेलाडी प्रशिक्षणमा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। कप्तान किरण चेम्जोङ उपस्थित नभएको एन्फाले जनाएको छ।

छनोटमा नेपाल  समूह ए मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ। हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन्। छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ।

Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर