Aamsanchar

अमेरिकामा सवारी दुर्घटनामा परेर १ नेपालीको मृत्यु

Author Image
आइतवार, वैशाख ४, २०७९

अमेरिका- अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो ।  प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ ।प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन् । गायक विष्टका अनुसार आफ्नो गाडीमा रातो बत्तीमा बसी रहेको समयमा अर्को गाडीले ठक्कर दिए पछि उनको ज्यान गएको हो । उक्त घटना गत बिहीबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो । विष्टले मृत आत्माको चीर शान्तिको कामना सहित परिवार प्रति समवेदना प्रकट गरेका छन् । मृतककी आमाको नाम मुना विष्ट हो भने हाल उनी नेपालमा बसोबास गर्ने र  बाबु अनन्त विक्रम विष्ट १५ वर्षदेखि अमेरिकामै रहेको गायक विष्टले जानकारी दिए ।

Views: 445

प्रतिक्रिया (०)

सम्बन्धित खबर