Aamsanchar

भद्रपुरका लागि राप्रपाले घोषणा गर्यो उमेदवार

Author Image
आइतवार, वैशाख ४, २०७९

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भद्रपुर नगरपालिकाको प्रमुखमा नवराज पनेरू (राजु ) र उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवार वनाएको छ। नगरका १० वटै वडाका सवै पद र प्रमुख-उपप्रमुख सहित ५२ वटै पदमा आज एक कार्यक्रमका वीच उम्मेदवार घोषणा गरिएको हो।

राप्रपाका प्रवक्ता भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भद्रपुर-४ को चन्द्र मौलेश्वर शिव पान्चायन मन्दिर परिसरमा भएको उम्मेदवार घोषणा कार्यक्रममा राप्रपाका झापा अध्यक्ष केशव ओझाले उम्मेदवारहरूको नाम घोषणा गर्नु भएको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि राप्रपाको तर्फबाट उहाँहरूनै उम्मेदवार बन्नुभएको थियो। सो निर्वाचनमा राप्रपा। चौथो हुँदै प्रमुखका दावेदार पनेरूले २,८२२ र उपप्रमुखको आकांक्षी कार्कीले ३,२७७ मत प्राप्त गर्नुभएको थियो। त्यसवेला उहाँहरूको चुनाव चिन्ह ‘गाई’ थियो ।

पार्टीका नगर अध्यक्ष तथा उपप्रमुखका उम्मेदवार राधा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पार्टीका क्षेत्रीय सभापति तथा भद्रपुरमा राप्रपाका तर्फबाट नगर प्रमुखका प्रत्यासी नवराज पनेरू ‘राजु’ ले स्वागत मन्तव्य राख्नुभएको थियो।

राप्रपाले भद्रपुरको एक देखि १० नम्बर वडासम्म क्रमशः दलवहादुर लिम्बू ‘शंकर’, रामवहादुर राई, हेमवहादुर कार्की, दिनानाथ  रिजाल, देवकुमार घिमिरे, ढकवहादुर विष्ट,अभिषेक ढुंगाना, गणेशप्रसाद लिम्बू, ज्ञानबहादुर राई ‘सविन’ र खेमराज भट्टराईलाई वडाध्यक्षको प्रत्यासीमा चयन गरेको छ। राप्रपाका नगर सचिव कुसुम भट्टराईको संचालनमा कार्यक्रम भएको थियो।

Views: 386

प्रतिक्रिया (०)

सम्बन्धित खबर