Aamsanchar

नेपाल शिक्षक संघ विर्तामोडद्वारा २३ जना शिक्षक कर्मचारीलाई सम्मान

Author Image
बुधवार, वैशाख ७, २०७९

बिर्तामोड । नेपाल शिक्षक संघ विर्तामोडको चौथो प्रतिनिधि सभा आज सम्पन्न भएको छ । नेपाल शिक्षक संघ विर्तामोडका अध्यक्ष लिला प्रसाद भण्डारीको अध्यक्षता आयोजित कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ विर्तामोडका अध्यक्ष युवराज कट्टेल,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र प्रसाद खरेल, नेपाली काँग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सवै विकासको संवाहक शिक्षा क्षेत्र भएकोले स्थानीय सरकारले बजेटको उचित प्रवन्ध गर्दै व्यावसायिक शिक्षामा बजेटको प्रवन्ध गर्नुपर्ने जोड दिएका थिए । उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान र विद्यालयलाई डिजिटलाईज गर्दै टिकाऊ र विकाऊ शिक्षा प्रबन्ध गर्न स्थानीय तह लाग्नु पर्ने, पाँच वर्षको अवधिमा शैक्षिक गुरुयोजना निर्माण गर्न नसक्नु विडम्बना रहेको वक्ताहरुले धारणा रखेका थिए ।

शिक्षक संघ झापाका अध्यक्ष नेत्र प्रसाद खरेलले संघीय शिक्षा ऐन जारी नगरेर सामुदायिक विद्यालयलाई ध्वस्त पार्ने काम विगतको सरकारले गरेको हुँदा वर्तमान सरकारले चाँडै शिक्षा ऐन जारी गरि विद्यालय शिक्षा सवलिकरण गर्दै बाल शिक्षक, विद्यालय कर्मचारी,करार,राहत,साविक उच्च माविका शिक्षक तथा लामो समय अस्थायी सेवा गरेर स्थायी हुनुभएका शिक्षकहरुको समस्या हल गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी सुधिरकुमार शिवाकोटीले प्रजातन्त्र र लोकतन्त्र स्थापना गर्न नेपाली शिक्षकहरुको महत्ववपूर्ण भुमिका रहेको बताउदै शिक्षकहरु समाजका सामाजिक ईन्जिनियर भएकोले शिक्षकमा भएको क्षमतालाई राज्यले उचित रुपले उपयोग गर्न नसकेको भन्दै विद्यालयको प्रारम्भिक शिक्षामा काम गर्ने शिक्षक तथा कर्मचारीलाई राज्यले विभेद गरेको, त्यसमा सुधारको निम्ति केन्द्रिय तहमा आवश्यक पहल कदमी लिने बताउनु बताए ।

विर्तामोड नगरमा भित्रका उत्कृष्ट शिक्षकको रुपमा दामोदर न्यौपाने, रत्नमान घिमिरे ,शान्ता चुडाल, हरी पोख्रेल,ईश्वरी खड्का,वेदमाया खनाल,शोभा भट्टराई,कृष्ण कार्की, रमेश ढुङ्गेल, टंङ्क घिमिरे लगायतका २३ जना उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो कार्यक्रममको धनकुमारी खरेल लताले गरेकी थिईन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 395

प्रतिक्रिया (०)