Aamsanchar

काँग्रेसले सिफारिस गर्यो मेचीनगरको प्रमुख र उपप्रमुखको नाम

Author Image
बुधवार, वैशाख ७, २०७९

नगरपालिका प्रमुखका लागि सिफारिस भएका व्यक्तिहरु ।

झापा। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

आज बसेको काँग्रेस नेतृत्व सहितको नगर समितिको बैठकले नगर प्रमुख पदका उम्मेद्वारका लागि केशवराज पाण्डे, इन्द्र बहादुर बुढाथोकी,मणिकुमार उप्रेती र झुनादेवी बानियाँको नाम सिफारिस गरेको काँग्रेस मेचीनगर सभापति सुवेशकुमार पनेरुले जानकारी दिनु भयो । नगरप्रमुखको उम्मेद्वारका लागि सिफारिस हुनु भएका पाण्डे जिल्ला उपसभापति, बुढाथोकी झापा क्षेत्र नंं १ का सभापति हुनुहुन्छ । त्यस्तै उप्रेती महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । त्यसैगरी बाँनियाँ काँग्रेसका पुराना महिला नेता हुनुहुन्छ ।

त्यस्तै उपप्रमुखको उम्मेद्वारका लागि बिना तामाङ, राधा कार्की र शोभा श्रेष्ठको नाम जिल्ला कार्य समिति झापालाई सिफारिस गर्ने निर्णय भएको नगर सभापति पनेरुले बताउनु भयो । उपप्रमुखको उम्मेद्वारका रुपमा सिफारिस हुनु भएका श्रेष्ठ काँग्रेस प्रदेश १ को कार्यसमिति सदस्य हुनुहुन्छ । त्यस्तै तामाङ र कार्की मेचीनगरका स्थापित काँग्रेस नेताहरु हुनुहुन्छ ।

नगरप्रमुख र उपप्रमुखका उम्मेद्वारका आँकाक्षीहरु र पार्टी नेतृत्वबिच निरन्तरको छलफल पछि सर्वसम्मत रुपमा उम्मेद्वारका नाम सिफरिस गरिएको काँग्रेस मेचीनगर सचिव मनोज घिमिरेले जानकारी दिनु भयो ।

सत्ता गठबन्धन दलहरु बिचको संवाद जारी रहेकाले दलहरुबिचको तालमेलको निर्णय भए पछि नगरप्रमुख र उपप्रमुख सहित वडा अध्यक्ष तथा सदस्यहरुका उम्मेद्वारहरुको नाम निर्णय हुने काँग्रेस मेचीनगरले जनाएको छ ।

Views: 785

प्रतिक्रिया (०)

सम्बन्धित खबर