Aamsanchar

कुकुर मार्ने १ जना पाेखराबाट पक्राउ

Author Image
शनिवार, वैशाख १०, २०७९

पोखरा – कास्कीमा कुकुर मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ जोगीमणिका सुदीप परियार छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार परियारले कुकुरलाई घाँटीमा डोरीको पासो लगाएर मारेपछि सेती नदीमा फालेका थिए । उक्त भिडियो उनले समाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए ।उनलाई जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 439

प्रतिक्रिया (०)

सम्बन्धित खबर