Aamsanchar

इटालीमा फेरि कोरोना संक्रमण तीव्र, एकै दिन ७० हजार ५२० जनामा पुष्टि

Author Image
आइतवार, वैशाख ११, २०७९

एजेन्सी –इटालीमा फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । इटालीमा शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् भने १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोरोनाबाट २०२ जनाको मृत्यु भएको थियो ।

सन् २०२० को फेब्रुवरीमा कोरोना महामारी फैलिएपछि इटालीमा कोरोनाका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ ।युरोपमा बेलायतपछि इटालीमा कोरोनाका कारण धेरै मानिसहरूको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोनाबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोरोनाका कारण शनिबार मात्र ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए ।

Views: 434

प्रतिक्रिया (०)

सम्बन्धित खबर