Aamsanchar

मेयरकाे उमेद्वार बन्नन प्रदेश सांसदले दिए राजिनामा

Author Image
आइतवार, वैशाख ११, २०७९

काठमाडौं – बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिनु भएको छ । प्रदेश राजधानी हेटौंडा पुगेर उहाँले आज आइतबार पदबाट राजीनामा दिनु भएको हो ।

राजीनामा पत्र उहाँले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाउनु भएको हो । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गरिने स्थापितले बताउनुभयो ।प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत रहनु भएका उहाँ काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लाग्नु भएको हो ।

Views: 468

प्रतिक्रिया (०)

सम्बन्धित खबर