Aamsanchar

काठमाडौं महानगरको मेयरमा र्‍यापर बालेन शाहले गरे उम्मेदवारी दर्ता

Author Image
आइतवार, वैशाख ११, २०७९

काठमाडौं – काठमाडौं महानगरको मेयरमा चर्चित र्‍यापर बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारको रुपमा उनले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय सभा गृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका छन्।

साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले देशैभरी मनोनयन दर्ता गरिरहेका छन्। मनोनयन दर्ताको लागि दुई दिन समय पाएकाले ठूला दलहरू भने अझै आन्तरिक गृहकार्यमै छन्।

Views: 461

प्रतिक्रिया (०)

सम्बन्धित खबर