Aamsanchar

एमाले इलाम नगर कमिटीद्वारा सामूहिक राजीनामा

Author Image
आइतवार, वैशाख ११, २०७९

इलाम – नेकपा (एमाले) इलाम नगर अध्यक्षसहित सम्पूर्ण नगर कमिटीले सामूहिक राजीनामा दिएका छन् । इलाम नगरपालिकाको नगर प्रमुखमा सिफारिस भएका ब्यक्तिको विषयमा छलफल नगरी नरेन्द्र नाथ भट्टराईलाई सिफारिस गरिएको भन्दै नेकपा (एमाले) नगर कमिटीका अध्यक्ष तिलक ठकुरीसहित २२ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

एमालेबाट इलाम नगरपालिकाको नगर प्रमुखका लागि भट्टराईसँगै धिरेन चेम्जोङ, कृष्ण क्षेष्ठलगायको नाम सिफारिस भएको थियो । एमाले इलामको कार्यालयमा उम्मेदवारी छनौटमा असन्तुष्टि जनाउदै नगर कमिटीले तालाबन्दी समेत गरेको नेकपा (एमाले) नगर विद्यार्थी शाखाका अध्यक्ष सुसान्त चापागाईले जानकारी गराए ।

शनिबार साँझ इलाम नगरपालिकामा नगर प्रमुखमा नेकपा (एमाले)का नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगिएको भनेर सामाजिक सञ्जालहरुमा जानकारी बाहिरिएसँगै पार्टीका असन्तुष्ट युवाहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

Views: 572

प्रतिक्रिया (०)

सम्बन्धित खबर