

विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विर्तामोड नगर पालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारी मनोनयन भएको छ ।

आगामी वैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनकालागि निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको पहिलो दिन आज नगरप्रमुखमा ध्रुव उप्रेती र उपप्रमुखमा रन्जु प्याकुरेल बरालले उम्मेदवारी दर्ता गराएको राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिए ।

Views: 503

