Aamsanchar

अर्जुनधारमा मेयर पदका लागि चार जनाले गरे मनोनयन दर्ता

Author Image
सोमवार, वैशाख १२, २०७९

तस्वीरमा मेयर पदमा मनोनय गर्ने एमालेका गोम्देन र काँग्रेसकी कार्की ।

अर्जुनधारा । आसन्न स्थानिय तहको निर्वाचनको लागि झापाको अर्जुनधारा नगरपालिकामा चार वटा दलबाट मेयर पदका लागि  उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिने दलहरुमा नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र र समाजवादी पार्टी रहेको छ । आज (सोमबार) चार वटै दलका उम्मेदवारहरुले कार्यकर्ता समर्थकहरुको र्यालीसहित नगर निर्वाचन कार्यलयमा मनोनयन गर्दा गराएका हुन् ।

मेयर पदका लागि नेकपा (एकाले)को तर्फबाट बलदेवसिंह गोम्देन, नेपाली काँग्रेसको तर्फबाट रञ्जिता कार्की, राप्रपाबाट सूर्यप्रसाद खतिवडा र समाजवादीको तर्फबाट रमा खवासको उम्मेदवारी मनोनयन भएको निर्वाचन कार्यालय अर्जुनधाराले जनाएको छ ।

त्यसैगरी उपमेयर पदका लागि एमालेबाट खड्गमाया पराजुली, काँग्रेस गठबन्धन माओवादी तर्फबाट  जितेश योङहाङ, राप्रपावाट तारा बस्नेत निरौला र समाजवादीबाट प्रेमसागर सापकोटाले मनोनयन दर्ता गराएका छन् ।

Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर