बौद्धिक सम्पत्ति (IP) ले आविष्कारहरू, साहित्यिक र कलात्मक कार्यहरू, डिजाइनहरू र वाणिज्यमा प्रयोग गरिएका प्रतीकहरू, नामहरू र छविहरू जस्ता दिमागको सिर्जनालाई बुझाउँछ। क्ष्ए लाई कानुनमा सुरक्षित गरिएको छ, उदाहरणका लागि, पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरू, जसले मानिसहरूलाई उनीहरूले आविष्कार वा सिर्जना गरेको कुराबाट मान्यता वा आर्थिक लाभ कमाउन सक्षम बनाउँछन्।
के हो बौद्धिक सम्पत्ति अधिकारको पृष्ठभूमि ?
१९औँ शताब्दीको अन्तसम्म विश्वमा बौद्धिक सम्पत्तिको अधिकारका कुराहरू नभएपनि २०औ शताब्दी बौद्धिक सम्पत्ति अधिकारको शताब्दी भएको छ । बौद्धिक बिचार लगायतका अन्य कुराहरूको उत्पादकत्वमा उत्प्रेरणा गर्न यस अवधारणा ल्याएको बताइन्छ । सामान्यरुपमा भन्दा अब सम्पत्ति कमाउन पसिना अनि दिमाग दुवैको उत्तिकै प्रयोग भनेर बुझ्न सकिन्छ ।
नेपालमा बौद्धिक सम्पत्ति अधिकार प्रचलनमा ल्याउने निकायहरु कुन कुन हुन् ?
नेपालमा विभिन्न कार्यविधि अपनाएर बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गरिन्छ । प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष भुमिकामा बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने गरिन्छ ।
यस वर्षको विश्व बौद्धिक सम्पत्ति दिवसको मूल नारा के हो ?
विश्वभरि, युवाहरूले आफ्नो ऊर्जा र चतुरता, आफ्नो जिज्ञासा र सृजनशीलताको प्रयोग गरेर राम्रो भविष्यतर्फको बाटोमा अघि बढिरहेका छन्। यस वर्ष, विश्व बौद्धिक सम्पत्ति दिवस २०२२ को विषयवस्तु आइपि र यूथ इनोभेटिभिङ् फर वेटर फ्युचरमा केन्द्रित छ।’IP and Youth Innovating for a Better Future’. हामी यी नवीन, ऊर्जावान र रचनात्मक दिमागहरूले कसरी सकारात्मक परिवर्तनलाई ड्राइभ गरिरहेका छन् भनेर यस दिनमा अन्वेषण गर्नेछौँ ।