Aamsanchar

एमाले मेचीनगरको स्थानीय तह निर्वाचन २०७९ का लागि प्रतिवद्धता  पत्र सार्वजनिक

Author Image
मङ्गलवार, वैशाख १३, २०७९

मेचीनगर। नेकपा एमाले मेचीनगरले स्थानीय तह निर्वाचन २०७९ का लागि पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

काँकरभिट्टामा नेपाल कम्यूनिष्ट पार्टी एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन २०७९ प्रतिवद्धता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवम् नेकपा एमाले झापाका सह—इञ्चार्ज रविन कोइराला, १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, नेताहरु विष्णुप्रसाद प्रसाई, नीलकण्ठ तिवारी, भीम खवास, हरिचरण बानियाँलगायतका नेताहरुले संयुक्तरुपमा प्रतिबद्घता पत्र सार्वजनिक गर्नुभएको थियो । एमालेले स्थानीय तहमा स्वास्थ्य सुधारको विषयलाई पहिलो प्राथमिकतामा राखेर चुनावी प्रतिवद्धता  पत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्धता पत्रमा ‘निरोगी नगर, स्वस्थ्य नगरवासी’ स्वस्थ्य सेवा र सुविधा पाउनु हरेक नागरिकको सम्बन्धी मौलिक अधिकार हो भन्ने मान्यता बमोजिम नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा र सुविधा पुर्याउने कार्यक्रम ल्याइने उल्लेख छ । हरेक परिवारले कम्तिमा एकलाख रुपैयाँको स्वास्थ्य उपचार सुविधा पाउने सुनिश्चित गर्न ज्येष्ठ, असहाय, श्रमिकलगायत विपन्न वर्गको पहिचान गरेर निःशुल्क रुपमा स्वास्थ्य बिमा गरिने एमाले मेचीनगर कमिटीको योजना छ ।

एमालेले प्रतिवद्धता पत्रमा शिक्षाको विषयलाई महत्व दिएको छ । कक्षा १२ सम्म निःशुल्क शिक्षा,गरीवलाई डाक्टर इन्जिनियर पढाउने बाचा गदैं माध्यमिक तहसम्मको शिक्षा पाठ्यपुस्तकसहित निःशुल्क गरिने जनाएको छ । श्रमिक, सीमान्तकृत समुदाय र विपन्न वर्गका मेधावी विद्यार्थीलाई एमबीबीएस र बीई अध्ययन गर्न निश्चित मापदण्ड बनाएर नगर सरकारकोतर्फबाट छात्रावृत्तिको व्यवस्था मिलाउने प्रतिबद्घता पत्रमा समेटिएको छ ।

आधूनिक र व्यवसायिक कृषि, मेचीनगरको समृद्घिका भन्दैं उस्ले कृषि, सामाजिक सुरक्षा भत्ता, सडक र भौतिक पूर्वाधार , उद्योग व्यापार, कला, साहित्य, संस्कृति र सञ्चार, खानेपानी, मौलिक कला संस्कृति, सुशासन र पारदर्शिता, युवा तथा खेलकुद ,महिला सशक्तिकरण,वन, वातावरण प्रकृति संरक्षणको विषयलाई एमालेले प्राथमिकताका साथ समेटेको छ । आधुनिक व्यावसायिक कृषिःमेचीनगरको समृद्घि ठहर गर्दै एमालेले नगदे तथा तरकारी बालीका लागि ‘एक वडा एक उत्पादन’को कार्यक्रम ल्याउने र कृषि उपज तथा उत्पादनको उपभोग तथा बजारिकरणका लागि चारआली, धुलावारी, इटाभट्टा र बाहुनडाँगीमा कृषि मण्डीको विस्तार गर्ने उल्लेख छ । सामाजिक सुरक्षा भत्ता अब घर घरमा पुर्याउने एमालेको प्रतिवद्घता पत्रमा उल्लेख छ ।

श्रमिक तथा विपन्न वर्गलाई घरायसी प्रयोगका लागि वार्षिक २ सय ४० युनिट बिजुली र मासीक न्यूनतम खानेपानी महसुल निःशुल्क उपलब्ध गराउने एमालेको योजना छ ।

Views: 549

प्रतिक्रिया (०)