स्थानीय तह निर्वाचनको लागि मतदान केन्द्र रहेका विद्यालयहरूमा सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापन लगायतका कार्यको लागि तीन विद्यालय बन्द गर्नुपर्ने देखिएको उनले बताए ।
निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवनहरू तीन दिन उपलब्ध गराउन समेत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय भएको उनको भनाइ छ ।
विद्यालय तीन दिन बन्द रहँदाको बेला पठनपाठनमा समस्या हुने देखिए वैकल्पिक व्यवस्था अपनाउन सकिने उनको भनाइ छ । ‘तीन दिन भर्चुअल माध्यमबाट पनि पठनपाठन गराउन सकिन्छ । यसअघि कोरोना महामारीको समयमा भर्चुअल नै पठनपाठन हुँदै आएको थियो,’ अर्यालले भने ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 862