Aamsanchar

युवाद्वारा युवाकै लागि आइडिया ‘हाइकर’ आउदै

Author Image
शनिवार, वैशाख १७, २०७९

युवाहरुलाई प्रोसाहन तथा उद्यमी बनाउने सोचका साथ युवाहरुको समूहले नै आइडिया हाइकर नामक कार्यक्रम संचानलमा लाउने भएका छन् । सुरुवाती चरणमा चितवनमा स्टार्टअप गर्दै गरेका उद्यमीले आफ्नो यात्रा सम्पूर्ण माझमा सुनाउने छन् । सुरुवाती चरणको कार्यक्रम बैशाख ३१ गतेबाट सुरु हुने छ। चितवन बाट सुरु हुने यस कार्यकमको यात्रा नेपालभर हुने छ।

साथै आइडिया हाइकरले दोस्रो चरणको रुपमा स्टार्टअप गर्ने चाहने युवा र उद्यमीलाई जोड्दै आइडिया पिचिङ पनि संचालनमा लाउने छ। आइडिया हाइकर चितवनकै युवाहरुले संचालन गर्न लाएका हुन्।

आइडिया हाइकरका संचालक बिशाल पौडेल भन्छन् । ‘आइडिया हाइकर युवाहरूका लागि युवाहरूले सुरु गर्ने कार्यक्रम हो। आइडिया हाइकर देशको सामाजिक आर्थिक परिवर्तनको लागि युवा विचार र नवीनता कोर्न को अवधारणा हो। साथै, यसले युवाहरूमा उद्यमशीलतामा मद्दत गर्दछ।यो काल्पनिक विचारहरूलाई वास्तविकतामा परिणत गर्ने प्लेटफर्म हो, यसले समस्याको समाधान पनि प्रदान गर्दछ, जसले अन्ततः सम्भावित युवाहरूको संलग्नता र उनीहरूको नवप्रवर्तनका विचारहरू मार्फत सामाजिक परिवर्तनमा मद्दत गर्दछ।आइडिया हाइकर आइडिया पिचिङ र प्रस्तुतिकरण मञ्च मात्र होइन, युवाहरूलाई आफ्नो उद्यमशीलताको यात्रा साझा गर्ने र लगानीकर्ता, विज्ञहरूका साथै सम्बन्धित क्षेत्रमा विभिन्न ज्ञान भएका युवाहरूसँग सहकार्य गर्ने अवसर पनि हो।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 553

प्रतिक्रिया (०)