Aamsanchar

बिर्तामोडको इष्टर्न इम्पायर कलेजमा होटल मेनेजमेन्ट संगै प्लस टु पढाई हुने

Author Image
आइतवार, वैशाख १८, २०७९

बिर्तामोड । इष्टर्न इम्पायर कलेज अफ होटल मेनेजमेन्ट (इकम)मा आगामी शैक्षिक सत्रदेखि प्लस टु पढाई हुने भएको छ । इकमले आज पत्रकार सम्मेलन गरेर कलेजले आउने शैक्षिक सत्रदेखि तीन वटा बिषयमा प्लस टुका कक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

बिर्तामोडको इलाम स्टेण्डमा सञ्चालन हुँदै आएको कलेज नयाँ पञ्चाकन्या प्लटिङको शिवलय मन्दिरको उत्तरपटि सरेको छ । नयाँ आधुनिक संरचना रहेको भवनबाट कलेजले वातानुकुलित कक्षामा पठन पाठन गर्ने कलेजका प्रमुख कार्यकारी अधिकृत आलोक कार्कीले जानकारी दिए । प्लस टुमा विजिनेस स्टडिज, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टका कक्षा सञ्चालन गर्न लागिएको उनले बताए ।

२०७१ सालमा स्थापित कलेजले होटल म्यानेजमेन्ट सम्बन्धि विदेशी डिग्री एड्भान्स डिप्लोमा कक्षा सञ्चालन गर्दै आएको सञ्चालक मध्येका एक शसांक पुरीले जानकारी दिए । एसइइ पश्चातपनि पढ्न मिल्ने गरी कलेजले ड्वायल कोर्षपनि सञ्चालन गरिरहेको सिइओ कार्कीले जानकारी दिए । इकममा एड्भान्स डिप्लोमा कोर्ष गरेका विद्यार्थीले विदेशी कलेजमा क्रेडिटको ट्रान्सफर पाउनेपनि उनले बताए । उनका अनुसार एड्भान्स डिप्लोमा इकममा अध्ययन गरेका विद्यार्थीले विदेशी कलेजमा व्याचलरको दोस्रो बर्षदेखि अध्ययन गर्न सक्नेछन् ।

कलेजले पढाईको अतिरिक्त विद्यार्थीहरुको इच्छा र क्षमता अनुसारका सीपमुलक तालिम तथा खेलकुदसमेत सिकाउने गरेको बजार प्रतिनिधी प्रनिल चौहानले जानकारी दिए ।

कार्यक्रममा कलेजले पढाइका अतिरिक्त जब प्लेसमेन्टसमेत गरिदिने जानकारी दिइयो । सिइओ कार्कीले गएको बर्षसम्म कलेजले ३१० जना विद्यार्थीलाई जागिरमा लगाई सकेको जानकारी दिए । इकममा अध्ययन गरेका विद्यार्थी अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा उच्च शिक्षाका लागि जाने गरेको कार्कीले बताए । इकममा अध्ययन गरेका विद्यार्थीहरु कोर्षका अतिरिक्त प्रस्तुतीकरण लगायतका सीपमा समेत दक्ष हुने भएकाले विदेशी कलेजमा गएरसमेत राम्रो गर्न सक्ने कार्कीले दाबी गरे । इकममा दक्ष प्राध्यापक र सुविधासम्पन्न भौतिक पूर्वाधार, वातानुकुलित कक्षा भएपनि शुल्क भने अन्य कलेजको भन्दा बढी नहुने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
20
+1
5
+1
1
+1
3
+1
1
+1
0
+1
1
Views: 167

प्रतिक्रिया (०)