

काठमाडौं । ‘प्रि मनसुन’ सुरु भएसँगै काठमाडौंमा आज बिहानैदेखि झरी परिरहेको छ भने देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।

स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले मौसममा बदली आएको मौसमविद्हरुले बताएका छन् ।

‘प्रि मनसुन’ सुरु भइसकेको र अब मौसममा प्रायः बदली आइरहने बताइएको छ । जेठको अन्तिमतिर देखि वर्षातको मौसम हुन्छ ।


Views: 544

