Aamsanchar

बैशाख भित्र सबै लाइसेन्स वितरण गर्ने दावी फेलखाने संकेत, दुई लाख लाइसेन्स अझै छाप्न बाँकी

Author Image
सोमवार, वैशाख १९, २०७९

काठमाडौँ । सेवाग्राहीले अझै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सहज रूपमा पाउन सकेका छैनन् । हातमा राजस्व बुझाएको चिट बोकेर हिँड्नुपर्ने बाध्यता टरेको छैन । तर यातायात व्यवस्था विभागले भने वैशाख अन्तिमसम्म सबै लाइसेन्स वितरण गरिसक्ने दाबी गरिरहेको छ । जबकि वैशाख तेस्रो साता बित्न लाग्दा १ लाख ९० हजार लाइसेन्स छाप्न बाँकी छ ।

वैशाख अन्तिमसम्म पुरानो लाइसेन्स वितरण गरिसक्ने गरी काम भइरहेको विभागका महानिर्देशक नमराज घिमिरेको दाबी छ । ‘यो नयाँ र नवीकरण गर्ने लाइसेन्सको संख्या हो,’ उनले भने, ‘पुराना सबै लाइसेन्स वैशाखभित्र वितरण गरेर जेठबाट नयाँ आवेदन खुलाउने लक्ष्य छ, त्यहीअनुसार काम भइरहेको छ ।’

 

 

Views: 519

प्रतिक्रिया (०)

सम्बन्धित खबर