Aamsanchar

गोरखापत्र बाजे स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ढकाललाई दिइने

Author Image
सोमवार, वैशाख १९, २०७९

गोरखापत्र बाजे स्मृति क्रियाशील पत्रकारिता पुरस्कार– २०७८ बाट झापाली पत्रकार नरेन्द्र ढकाल पुरस्कृत हुने भएका छन् । चन्द्रकान्त पौडेलको स्मृतिमा स्थापित गोरखापत्र बाजे स्मृति पत्रकारिता पुरस्कार सक्रिय पत्रकारलाई प्रदान गरिने बताइएको छ ।

पूर्वी नेपालको झापालाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशिल युवा पत्रकार ढकाललाई उक्त पुरस्कार प्रदान गरिन लागिएको हो । बिर्तामोडबाट प्रकाशित हुदैं आएको पूर्वाञ्चल दैनिकको अनलाइन संयोजकको रुपमा कार्यरत ढकाल स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष हुन् । मिडिया एक्सन नेपालका प्रदेश–१ संयोजक समेत रहेका ढकाल पत्रकारितामा सक्रिय रहेका छन् ।

उक्त पुरस्कारको राशी ११ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । यसैबीच स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय समितिद्वारा छ जना पत्रकारहरूलाई एक साथ पुरस्कृत गर्ने घोषणा गरिएको हो ।

संघको पुरस्कार छनौट समितिको बैठकको सिफारिस अनुसार ती नाम बैशाख १७ गते छनौट गरिएका हुन् । कोभिडका कारणले अघिल्लो वर्ष र गत वर्षको पुरस्कार संयुक्त रुपमा वितरण गर्ने गरी त्यस्तो निर्णय गरिएको हो ।

पुरस्कृत हुनेहरूमा समाजिक पत्रकारिता पुरस्कार– ७७ भूपनिधि तिवारी (हाल पोखरा) र मोहन भण्डारी हाल विराटनगरलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि २५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । उक्त पुरस्कारका लागि पोखराका समाजसेवी एवम् प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यले पाँच लाखको अक्षयकोष समेत राखी स्थापना गरेका हुन् ।

यसैगरी, चन्द्रकान्त पौडेल उर्फ गोरखापत्र बाजे स्मृति क्रियाशील पत्रकारिता पुरस्कार– २०७७ नमस्कार शाह (बाँके) र २०७८ को पुरस्कार ढकाललाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी ११ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।

यसैगरी स्वतन्त्र पत्रकार महिला सम्मान २०७७ र २०७८ क्रमशः सविता तिवारी ९नवलपुर० र डिलाकुमारी चौधरी ९दाङ०लाई प्रदान गरिने भएको पुरस्कार छनौट समितिका सदस्य एवम् राष्ट्रिय सल्लाहकार शान्ति राणाले बताइन् । उनका अनुसार उक्त पुरस्कारको राशी ११ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । पुरस्कार जेठमा हुने स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा वितरण गरिने भएको बताइएको छ ।

पुरस्कार छनौट समितिका संयोजक नारायण कार्कीको संयोजकत्वमा बसेको बैठकले गरेको सिफारिस अनुसार संघले उक्त निर्णय गरेको हो । तीन सदस्यीय समितिको सदस्यमा संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला र राष्ट्रिय सल्लाहकार शान्ति राणा रहेका थिए । पुरस्कार छनौट समितिको बैठकमा राष्ट्रिय सल्लाहकार नवराज पहाडी आमन्त्रित सदस्यको रुपमा सहभागी भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 528

प्रतिक्रिया (०)