Aamsanchar

एक घर एक रोजगार सिर्जना गर्छौ : बलदेव

Author Image
बुधवार, वैशाख २१, २०७९

अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जनधारा नगपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाकासाथ काम गर्ने बताउनु भएको छ ।

चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा १ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले आफुहरुलाई जिताउन आग्रह गर्दै आफुहरु नेतृत्वमा आए अर्जुनधारामा एक घर एक रोजगार सिर्जना गर्ने बताउनुभएको हो ।

गोमदेनले १ नम्बर वडामा देखीएको नदि कटान र उत्खन्नको समस्यालाई स्थानीय सरकारले प्राथमिकताकासाथ हल गर्ने बताउनु भयो । उहाँले कृषीमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका बिषयलाई आफुहरुले पहिलो प्राथमिकतामा राख्ने बताउनु भयो ।

कार्यक्रममा उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुली र १ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार बिष्णुलल ढकालले पनि स्थानीय जनताका गुनासो र समस्याहरुलाई पालिका सरकारले पहिलो प्रथामिकताका साथ समाधान खोज्ने बताउनुभयो ।

 

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर